अमेरिकी सहायक विदेश मन्त्री आज काठमाडौँ आउँदै
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ । काठमाडौँमा सहायक विदेश मन्त्री लुले अमेरिकी विदेश मन्त्रीको संस्थागत उत्कृष्टता पुरस्कार (एसीई) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुहुनेछ जुन कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ । सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्नुहुनेछ ।