मिलेनियम च्यालेन्ज कर्पोरेशनका सहायक उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न

२०७६ माघ २८

मिलेनियम च्यालेन्ज कर्पोरेशनका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आफ्नो काठमाडौँ भ्रमण समापन गर्नुभएको छ । नेपाल सरकारसँगको अमेरिकी साझेदारी र ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्टको समर्थनमा जारी परामर्शका हिस्सास्वरूप उहाँ भ्रमणमा आउनुभएको थियो । भ्रमणका क्रममा सहायक उपाध्यक्ष ब्रुक्सले एमसीए-नेपालको सञ्‍चालक समिति, प्रधानमन्त्री ओली तथा कम्प्याक्टमा संलग्न अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग बेग्लाबेग्लै भेटघाट गर्नुभयो । कम्प्याक्टलाई शीघ्रताका साथ अगाडि बढाउने सरकारको प्रतिबद्धताको अभिव्यक्तिलाई उहाँले स्वीकार गर्नुभएको छ ।

सन् २००४ मा स्थापित एमसीसीले कडा मापदण्ड पुरा गर्ने विकासोन्मुख मुलुकहरूलाई समय-सीमित अनुदान सहायता प्रदान गर्दछ । संयुक्त राज्य अमेरिका र नेपालबिच २०७४ भदौमा दक्षिण एसियामै पहिलो पटक नेपाल कम्प्याक्ट सहमतिमा हस्ताक्षर भएको थियो । कम्प्याक्टलाई गरिबी न्यूनीकरण गर्ने, आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी बढाउने, अर्थतन्त्रको वृद्धिका लागि नयाँ बजार खुल्ला गर्ने र नेपालका जनताको लाभका निम्ति दिगो विकास सिर्जना गर्न क्षेत्रीय सहयोगलाई बढावा दिने गरी तर्जुमा गरिएको छ । एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी थप जानकारी www.mcc.gov/where-we-work/nepal-compact मा उपलब्ध छ ।