Better Harvests: Private Sector Investment Means More Food, Higher Incomes for Nepal

August 1, 2017

Kathmandu – Private sector investment and engagement in Nepal’s agriculture sector increased crop yields and provided higher incomes for farmers under a five-year United States Government-supported program. At a joint Ministry of Agricultural Development and USG program titled “Better Harvests: Higher Incomes, More Food and A Brighter Future for Nepal,” the Knowledge-based Integrated Sustainable Agriculture and Nutrition (KISAN) project shared the positive results of its program that used modern farming technologies and private sector investment to boost crops and provide more food for Nepali communities.

Over the past five years, the United States Government-funded KISAN program fostered partnerships between Nepali farmers and over 700 private sector enterprises. The KISAN project also trained over 118,000 households across 20 districts in western Nepal. These farmers are now using modern farming technologies to meet market standards for rice, maize, lentils and high-value vegetables. As a result, the amount of food grown on more than 87,000 hectares of arable land increased by up to 100 percent, and farmers and businesses earned approximately $169.4 million. The increased food production also allowed farming families to set aside more than 15,000 metric tons of nutrient-rich vegetables for their own consumption.

“Improvements in the agriculture sector are a result of our joint collaboration with the Government of Nepal to promote the use of modern farming technologies and practices” said the U.S. Embassy’s Chargé d’Affaires Michael Gonzales. “Now we need to keep the momentum going by building a solid foundation that allows for private sector trade and investments to thrive.”

Following KISAN, the United States introduced two robust agriculture-centered programs aligning with the Government of Nepal’s Agriculture Development Strategy under the Feed the Future initiative through the United States Agency for International Development. The first one is a five-year program $32.75 million KISAN II. The project is intended to increase the role of the private sector in agricultural growth in Nepal and will be implemented by Winrock International, the Center for Environmental and Agricultural Policy Research, Extension and Development, the Development Project Service Center, Siddharth Inc., Digital Green, and Overseas Strategic Consulting.

The second program is a five-year, $15 million Nepal Seeds and Fertilizer project implemented by the International Maize and Wheat Improvement Centre to promote the use of cutting-edge research, innovations in digital technology, and market-oriented seed business models in Nepal. This project will provide new government-approved seed varieties to smallholder farmers and unleash the agricultural potential for a sustainable and prosperous Nepal.

# # #

बृहत्तर बाली उत्पादन : निजी क्षेत्रको लगानीको परिणामस्वरूप नेपालमा खाद्यान्न र आय वृद्धि

२०७४ साउन १७

काठमाडौँ – अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्‍चालित एक पञ्‍चवर्षीय कार्यक्रमअन्तर्गत नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी र संलग्नताको परिणामस्वरूप बाली उत्पादनमा वृद्धि हुनुका साथै कृषकहरूको आय पनि उच्च बनेको छ । कृषि विकास मन्त्रालय र अमेरिकी सरकारद्वारा संयुक्त रूपमा आयोजित “बृहत्तर बाली उत्पादन : नेपालका लागि उच्च आय, धेरै खाद्यान्न र उज्ज्वल भविष्य” नामक कार्यक्रममा ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण (किसान) परियोजनाले बाली उब्जनी बढाउन र नेपाली समुदायका लागि पहिलेभन्दा बढी खाद्यान्न उपलब्ध गराउनका लागि आधुनिक कृषि प्रविधि तथा निजी क्षेत्रको लगानी प्रयोग गरेको आफ्नो कार्यक्रमको सकारात्मक प्रतिफलको विषयमा जानकारी आदानप्रदान गरेको छ ।

विगत पाँच वर्षको अवधिमा अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्‍त किसान परियोजनाले नेपाली किसान र ७०० भन्दा बढी निजी क्षेत्रका उद्यमबीच साझेदारी स्थापना गराएको छ । साथै, किसान परियोजनाले पश्‍चिम नेपालका २० जिल्लाका १ लाख १८ हजारभन्दा बढी घरपरिवारलाई तालिम समेत दिएको छ । यी कृषकहरूले हाल धान, मकै, गेडागुडी र उच्च-मूल्यमा विक्री हुने तरकारी उत्पादनको बजार मापदण्ड पूरा गर्नका लागि आधुनिक कृषि प्रविधि प्रयोग गरिरहेका छन् । यसको परिणामस्वरूप ८७ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा उत्पादन गरिएको खाद्यान्नको मात्रा १०० प्रतिशतले वृद्धि भएको छ र व्यापारव्यवसायले झन्डै १६ करोड ४० लाख अमेरिकी डलर बराबरको आम्दानी गरेका छन् । यसरी उत्पादनमा भएको वृद्धिका कारण कृषक परिवारहरूले १५ हजार मेट्रिक टनभन्दा बढी पोषिला सागसब्जी र तरकारी बाली आफ्नै उपभोगको लागि छुट्याउन समेत सक्षम भएका छन् ।

“आधुनिक कृषि प्रविधि तथा अभ्यासको प्रयोग प्रवर्द्धन गर्नका लागि हामीले नेपाल सरकारसँग सहकार्य गरेका छौँ र कृषि क्षेत्रमा भएको सुधार यसै सहकार्यको परिणाम हो,” अमेरिकी कार्यवाहक राजदूत माइकल गोन्जालेसले भन्नुभयो । अब यसलाई गति दिनका लागि हामीले निजी क्षेत्र व्यापार तथा लगानी फस्टाउन प्रोत्साहन गर्ने ठोस जग निर्माण गर्नुपर्छ ।”

किसान परियोजनाको सफलतापछि अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत कृषिमा केन्द्रित दुई नयाँ कार्यक्रम सुरु गर्ने भएको छ, जुन फिड द फ्‍युचर कार्यक्रमअन्तर्गतको नेपालको कृषि विकास रणनीति अनुरूपका छन् । तीमध्ये पहिलो कार्यक्रम तीन करोड २७ लाख ५० हजार अमेरिकी डलर लागतको किसान २ परियोजना रहेको छ । नेपालको कृषि उत्पादन वृद्धिमा निजी क्षेत्रको भूमिका बढाउने आसय लिएको यस परियोजनालाई विनरक इन्टरनेशनल, वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड), विकास परियोजना सेवा केन्द्र (डेप्रोक्स), सिद्धार्थ इन्क., डिजिटल ग्रीन र ओभरसिज स्ट्राटेजिक कन्सल्टिङद्वारा कार्यान्वयन गरिनेछ ।

त्यसै गरी दोस्रो कार्यक्रम एक करोड ५० लाख अमेरिकी डलर लागतको पञ्‍चवर्षीय नेपाल बिउ तथा मल परियोजना (एनसेफ) रहेको छ । यस परियोजनालाई अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) ले कार्यान्वयन गरेको छ । आधुनिक अनुसन्धान, डिजिटल प्रविधिमा नवीनता र नेपालमा बजारोन्मुख बिउ व्यापार नमूनाको प्रयोग प्रवर्द्धन गर्नु यस परियोजनाको उद्देश्य हो । परियोजनाले साना किसानलाई सरकारद्वारा स्वीकृत नयाँ प्रकारका बिउबिजन उपलब्ध गराउँदै दिगो र समृद्ध नेपालको कृषि सम्भावनालाई हासिल गर्नेछ ।

# # #