Commander of the U.S. Pacific Command Visits Kathmandu

March 21, 2017

Kathmandu – Admiral Harry B. Harris, Jr., Commander of the United States Pacific Command, visited Kathmandu, Nepal to participate in the opening ceremony of a U.S.-sponsored multinational U.N. Peacekeeping exercise (Shanti Prayas) and to meet with Nepali leaders.  Joining Ambassador Alaina Teplitz in meetings with Prime Minister Pushpa Kamal Dahal, the Minister of Foreign Affairs Prakash Sharan Mahat, the Minister of Defense Bal Krishna Khand, and the Chief of Army Staff Rajendra Chhetri and other military leaders, Admiral Harris commended Nepal’s commitment to international peacekeeping and discussed the decades-long military partnership between the United States and Nepal.

Shanti Prayas is the capstone exercise of the Global Peace Operations Initiative of the U.S. Government.  It brings together nearly 1,000 participants from over 30 nations from across the globe.  This year’s exercise is held at the Birendra Peace Operations Training Center in Panchkaal. The participants conduct a staff training exercise to improve the skills of peacekeeping mission leaders and engage in tactical level training for troops.

Speaking at the opening ceremony for the Shanti Prayas III exercise, Admiral Harris said, “Partnerships play a critical role in meeting global challenges, from maintaining peace to providing humanitarian assistance after natural disasters.  This kind of multinational training can deepen mutual understanding and respect, and encourage further collaboration.”

Admiral Harris is the 24th Commander of Pacific Command, the largest Geographic Combatant Command of the United States.

 

###

नेपालीमा

२०७३ चैत ८

                अमेरिकी प्यासिफिक कमाण्डरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बी. ह्यारिस, जुनियरले नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिकाद्वारा सहयोग गरिएको बहुराष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी अभ्यास शान्ति प्रयासको उद्‌घाटन समारोहमा भाग लिनुका साथै नेपाली नेताहरूसँग भेटघाट गर्नुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज समेतको सहभागितामा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री प्रकाशशरण महत, रक्षा मन्त्री बालकृष्ण खाँण, प्रधान सेनापति राजेन्द्र क्षेत्री तथा नेपाली सेनाका अन्य शीर्ष पदाधिकारीसँग भेटघाट गर्नुभयो । उहाँहरूसँगको भेटघाटमा एडमिरल ह्यारिसले अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाप्रतिको नेपालको प्रतिबद्धताको सराहना गर्नुका साथै अमेरिका तथा नेपालबीचको दशकौँ पुरानो सैन्य साझेदारीको विषयमा समेत छलफल गर्नुभयो ।

शान्ति प्रयास अमेरिकी सरकारको ग्लोबल पीस अपरेसन्स इनिसिएटिभ (विश्‍व शान्ति कार्य कार्यक्रम) को शिखर अभ्यास हो । अभ्यासमा भाग लिनका लागि विश्‍वभरिका ३० देशका झन्डै १,००० जना सहभागी एकै ठाउँमा भेला भएका छन् । यस वर्षको अभ्यास पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्‍चालन भएको छ । सहभागीहरू शान्तिसेनाको अगुवाइ गर्ने अधिकृतहरूको सीप सुधार गर्नप्रति लक्षित स्टाफ तालिम अभ्यासमा भाग लिनुका साथै सेनाको कार्यनीति स्तरको तालिममा समेत संलग्न छन् ।

अभ्यास शान्ति प्रयास ३ को उद्‌घाटन समारोहमा मन्तव्य राख्दै एडमिरल ह्यारिसले भन्नुभयो, “शान्ति कायम राख्‍नेदेखि लिएर प्राकृतिक विपद्‍पछि मानवीय सहायता प्रदान गर्ने कार्यसम्म साझेदारीले विश्‍वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यस प्रकारको बहुराष्ट्रिय तालिमले आपसी समझदारी र सम्मानमा वृद्धि गर्नुका साथै थप सहकार्यलाई समेत प्रोत्साहन गर्दछ ।”

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो जियोग्राफिक कम्ब्याटेन्ट कमाण्डको रूपमा रहेको प्यासिफिक कमाण्डका एडमिरल ह्यारिस २४औँ कमाण्डर हुनुहुन्छ ।

###