अमेरिकी सांसदको टोली नेपाल भ्रमणमा

फागुन ८, २०७६

अमेरिकी सांसद तथा एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप-समितिका (एचएफएसी) अध्यक्ष एमी बेराको नेतृत्वमा दुई दलीय अमेरिकी संसदीय टोलीले फागुन ८ देखि ११ सम्म नेपाल भ्रमण गर्दैछ।  यो भ्रमणको उद्देश्य नेपालमा अमेरिकी विदेश नीति र सहायताको बारेमा जानकारी लिनु रहेको छ। यस चार सदस्यीय प्रतिनिधि मण्डलले सरकारी अधिकारी, नागरिक समाजका सदस्य, काठमाडौँस्थित अमेरिकी दूतावास र मिलेनियम च्यालेन्ज कर्पोरेसनका कर्मचारीसँग भेट्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमण गर्नु अघि बेरा नेतृत्वको यो टोलीले भारत र श्रीलङ्काको पनि भ्रमण गरेको थियो। भ्रमण दलका अन्य सदस्यहरुमा: सांसद जर्ज होल्डिङ, सदस्य-हाउस वेज एन्ड मिन्स कमिटीका सदस्य, निकोल बरोज्, एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप-समितिका  कर्मचारी निर्देशक, र एचएफएसीका वरिष्ठ कर्मचारी साजित गान्धी रहेका छन्।

###