Flag

An official website of the United States government

अधिकारकर्मी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार २०२१ की विजेता
2 MINUTE READ
मार्च 4, 2021

Muskan Khatunनेपालस्थित अमेरिकी दूतावास मुस्कान खातुनलाई तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गर्नुहुनेछ ।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम-प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।

यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे ।

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ ।

आईडब्ल्यूओसी पुरस्कार समारोह हेर्नका लागि फागुन २४ गते सोमबारको राति ८:३० बजे अमेरिकी दूतावासको फेसबुक पृष्ठ हेर्नुहोला ।

For further information, contact Anna Richey-Allen, Information Officer, U.S. Embassy at Richey-AllenAE1@state.gov.