Flag

An official website of the United States government

अमेरिकाद्वारा काभ्रेपलाञ्चोक जिल्लामा नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण
3 MINUTE READ
मे 1, 2019

Today, U.S. Ambassador to Nepal, Randy W. Berry handed over three new primary schools to the people of Kavrepalanchowk District.
Today, U.S. Ambassador to Nepal, Randy W. Berry handed over three new primary schools to the people of Kavrepalanchowk District.

काभ्रेपलाञ्‍चोक—नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज तीन नयाँ प्राथमिक विद्यालय काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दालाई हस्तान्तरण गर्नुभयो । यी विद्यालयहरू अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्‍तर्राष्ट्रिय विकास नियोग (यू.एस.ए.आई.डी) मार्फत निर्माण भएका थिए ।

उक्त समारोहमा राजदूत बेरीले माननिय शिक्षामन्त्री गिरिराजमणि पोखरेलका साथै स्थानिय समुदायलाई भन्नुभयो, “बहत्तर बर्षसम्म अमेरिकाको नेपालसँग सबल र चिरस्थायी साझेदारी रहिआएको छ र हामी एक विश्‍वासिलो र भरपर्दो साझेदारका रूपमा कायम छौँ । हामीले आज हस्तान्तरण गरेका यस र अरू दुई विद्यालय वर्तमान र भावी पुस्ताका निम्ति अझ सुरक्षित नेपाल पुनर्निर्माणमा अमेरिकी जनताको सहयोगको दीर्घकालीन प्रतिबद्धताको सच्चा प्रतिबिम्ब हुन् । हामी जहाँ महत्त्वपूर्ण त्यहाँ नजिक (close where it counts) छौँ र सधैँ रहनेछौँ ।

यस हस्तान्तरणले अझ सुरक्षित नेपाल पुनर्निर्माणमा अमेरिकाको निरन्तरको प्रतिबद्धता प्रदर्शन गरेको छ । वि.सं. २०७२ सालको भूकम्पपश्‍चात्‌को व्यापक क्षतिले २० लाखभन्दा बढी बालबालिकाको शिक्षा अवरुद्ध बनाएको थियो । अमेरिकी सरकारको शिक्षाप्रतिको प्रतिबद्धताको उदाहरण प्रस्तुत गर्दै यू.एस.ए.आई.डी ले तत्कालै एक विस्तृत प्रतिकार्य शुरु गर्‍यो जसका कारण विपद्‍माझ पनि ९३ हजारभन्दा बढी विद्यार्थीलाई आफ्नो सिकाइ जारी राख्‍न र अन्ततोगत्वा अझ सुरक्षित विद्यालयमा फर्कन सक्षम बनायो ।

भूकम्पलगत्तैको परिस्थितिमाबालबालिकाहरू यथाशक्य छिटो विद्यालय फर्कन पाऊन् भन्ने सुनिश्‍चित गर्नका लागि एक हजार ४५ वटा अस्थायी सिकाइ केन्द्रको निर्माण र शैक्षिक सामाग्री वितरण गर्न यू.एस.ए.आई.डी ले यूनिसेफ र शिक्षाविज्ञानतथा प्रविधि मन्त्रालयसँग साझेदारी गर्‍यो । पुनर्लाभको चरणमापुनर्निर्माणका निम्ति रकम उपलब्ध नभएसम्मका लागि विकट क्षेत्रका क्षतिग्रस्त वा ध्वस्त साना विद्यालयमा पढ्ने बालबालिकालाई सुरक्षित सिकाइ स्थल उपलब्ध गराउन यू.एस.ए.आई.डी ले दुई सय ५० वटा टिकाउअर्ध-स्थायी संक्रमणकालीन सिकाइ संरचनाहरूको निर्माण शुरु गर्‍यो । सोही समयमायू.एस.ए.आई.डी ले भूकम्पबाट अति प्रभावित सात जिल्लामा २९ वटा भूकम्पीय दृष्टिकोणले सुरक्षितसुसज्जितर बालबालिका तथा अपाङ्गतामैत्री विद्यालय निर्माण गर्ने एक बृहत प्रयत्‍नको शुरुआत गर्‍यो ।

अमेरिकी सरकारले एसियाली विकास बैङ्कसँगको साझेदारीमा आठवटा भूकम्पबाट सुरक्षित आधुनिक शैक्षिक भवनहरू हस्तान्तरण गरिसकेको छ र यो वर्ष थप सातवटा हस्तान्तरण गर्ने अपेक्षा राखेको छ । जीवन रक्षा गर्ने सम्भावना बोकेका यी विपद्-उत्थानशील विद्यालयहरूले भविष्यका ठुला प्राकृतिक विपद्पश्‍चात् पनि बालबालिकाहरू विद्यालयमा रहन सकून् भन्ने सुनिश्‍चित गर्नेछन् । समग्रमायी २९ वटा नयाँ विद्यालयहरूले पाँच जिल्लाका ८ हजार ८ सयभन्दा बढी विद्यार्थीलाई फाइदा गर्नेछन्  र विद्यालयमा हाजिरी र विद्यार्थीको टिकाउपन बढाउनेछन् ।

वि.सं. २०७२ को भूकम्पदेखिको प्रतिकार्य र पुनर्लाभमा अमेरिकाले १९ करोड अमेरिकी डलरभन्दा बढीको लगानी गरेको छ । शिक्षामा सहयोग पुर्‍याउनुको अलावायो रकमले झण्डै २३ हजार पेशाकर्मीलाई भूकम्प-उत्थानशील निर्माण विधिहरू’bout तालिम प्रदान गरेको छझण्डै दुई लाख २८ हजार व्यक्तिलाई फाईदा पुग्ने गरी आधुनिक सुरक्षा मापदण्ड अनुसारका ४५ हजार पाँच सयभन्दा बढी घरहरूको पुनर्निर्माणमा घरधनीहरूलाई सहयोग गरेको छर हाल सञ्चालनमा आइसकेको बाह्रबिसे प्राथमिक स्वास्थ्योपचार केन्द्र लगायतका सात अत्यावश्यक स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण शुरु गरेको छ ।