Flag

An official website of the United States government

अमेरिकाद्वारा नेपाली सेनालाई स्काईट्रक हस्तान्तरण
2 MINUTE READ
डिसेम्बर 18, 2019

The United States handed over two M28 Skytrucks
The United States handed over two M28 Skytrucks

२०७६ पुस २

संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई आज दुई थान एम२८ स्काईट्रक हस्तान्तरण गरेको छ । यसबाट नेपालकै इतिहासमा सबभन्दा ठूलो सुरक्षा अनुदानमध्येको अनुदानको पहिलो भागको प्रतिनिधित्व भएको छ । छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमता सहितको विमान स्काईट्रक नेपालको भूगोलका निम्ति सबैभन्दा उपयुक्त हवाईजहाजमध्ये एक हो । नेपाली सेनाका लागि विमानलाई प्रिपोजिसनमा राख्‍ने महत्त्वपूर्ण क्षमतालाई सहज बनाउँदै यी एम२८ हरूले नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्‍चालन क्षमतामा व्यापक रूपान्तरण ल्याउनेछन् । झन्डै १ करोड ५० लाख डलरको अमेरिकी अनुदानको सबैभन्दा ठूलो अंशका रूपमा उक्त दुई विमान रहेका छन् । साथै, आउँदा वर्षहरूमा जगेडा पाटपुर्जा, विमानचालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुदानमा समावेश छ । आगामी वर्षहरूमा अमेरिकाले थप एम२८ विमान प्रदान गर्नेछ । साथै, नेपाली जनतालाई अझै प्रभावकारी ढङ्गबाट सुरक्षा प्रदान गर्न नेपाली सेनाका लागि मागअनुसारको तालिम दिइनेछ । यस्ता पहलहरूबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि हाम्रा दुई देशबिचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।

# # #