Flag

An official website of the United States government

अमेरिकाद्वारा मकवानपुरमा आठ सार्वजनिक भवनको शिलान्यास
2 MINUTE READ
मे 29, 2019

Deputy Mission Director for the United States Agency for International Development (USAID)/Nepal, Adriana Hayes
Deputy Mission Director for the United States Agency for International Development (USAID)/Nepal, Adriana Hayes

२०७६ जेठ १५

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एड्-नेपाल) की उपनिर्देशक एड्रिएना हेज २०७२ सालका भूकम्पले क्षति पुर्‍याइएका मकवानपुर जिल्लाका ६ विद्यालय र २ स्वास्थ्य भवनहरूको शिलान्यासमा सहभागी हुनुभयो ।

उक्त कार्यक्रममा हेजले भन्नुभयो, “अझ सुरक्षित र बलियो पुनर्निर्माणमा नेपाल सरकार र मकवानपुरका बासिन्दासँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ । युएस्एड्को भूकम्पपछिको सहायताले सार्वजनिक भवनहरूको—विशेष गरी विद्यालय र स्वास्थ्य भवनहरूको—पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ किनकि शिक्षित र स्वस्थ जनसमुदायले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने छन् भन्ने हामी विश्वास गर्छौं ।”

यी नयाँ विद्यालयहरू (श्री जनता माध्यमिक विद्यालय, श्री महेन्द्र किरण माध्यमिक विद्यालय, श्री भृकुटी माध्यमिक विद्यालय, श्री वनदेवी आधारभूत विद्यालय, श्री ज्ञानज्योती आधारभूत विद्यालय, र श्री युग चेतना आधारभूत विद्यालय) तथा स्वास्थ्य सेवा भवनहरू (सुकौरा स्वास्थ्य चौकी र काँकडा स्वास्थ्य चौकी) अमेरिकी जनताको उदार सहयोगमा युएस्एड्को नेपाल पुनर्निर्माण ईन्जिनियरिङ् सहयोग कृयाकलाप मार्फत नेपाल पुनर्निर्माण प्राधिकरण; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; र सम्बन्धित स्थानिय सरकारका निकायहरूसँगको साझेदारीमा पुनर्निर्माण हुनेछन् ।

यस शिलान्यासले सुरक्षित नेपालको पुनर्निर्माणमा अमेरिकी प्रतिबद्धताको निरन्तरता प्रस्तुत गरेको छ । वि.सं. २०७२ को भूकम्पदेखि अमेरिकी सरकारले प्रतिकार्य र पुनर्लाभमा १९ करोड डलरभन्दा बढी लगानी गरेको छ । सात जिल्लामा दुई लाख ३७ हजारभन्दा बढी नेपालीलाई सेवा पुर्‍याउने ३६ अत्यावश्यक विद्यालय तथा स्वास्थ्य सेवा भवनहरूको पुनर्निर्माणका लागि युएस्एड्ले पाँच करोड डलरभन्दा बढी विनियोजन गरेको छ । यसका अतिरिक्त, अमेरिकी स्रोतबाट सञ्चालित आयोजनाहरूले झण्डै २३ हजार निर्माण पेसाकर्मीहरूलाई भूकम्पबाट उत्थानशील निर्माण विधि’bout तालिम प्रदान गर्ने र ४५ हजार पाँच सयभन्दा बढी घरधनीहरूलाई आधुनिक सुरक्षा मापदण्ड अनुरूपका वासस्थानहरू पुनर्निर्माण गरी झण्डै दुई लाख २८ हजार नेपालीलाई सुरक्षित र भूकम्प प्रतिरोधि निवास उपल्ब्ध गराउन मद्दत गरेका छन् ।