२०७६ भाद्र ०९
पोखरा क्षेत्रमा डिप ट्युबवेलहरूको हस्तान्तरणको घोषणा गर्न पाउँदा अमेरिकी दूतावासलाई खुसी लागेको छ। सम्पन्न भइसकेका यी ट्युबवेलहरू अमेरिकी दूतावासको इन्डोप्याकम अग्मेन्टेशन टिमका सदस्यहरूले २०७६ भाद्र ९ गते प्रदान गरेका हुन्। यी ट्युबवेलले सङ्कटका समयमा उक्त क्षेत्रका नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनेछन्। सुरुमा सम्पन्न दुई ट्युबवेलहरू लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालयमा र यस हस्तान्तरण समारोहको आयोजना गरिएको मालेपाटनस्थित नेपाल सशस्त्र प्रहरी बलको कालिका वाहिनीमा अवस्थित छन्। बाँकी तीन ट्युबवेल २०७६ सालको असोज-कात्तिकमा सम्पन्न हुने समयतालिका छ, जसपश्चात यी ट्युबवेलको कुल सङ्ख्या पाँच पुग्नेछ।
उक्त समारोहमा सशस्त्र प्रहरी बलका नायब प्रहरी महानिरीक्षक बाबुराम पाण्डेका साथै इन्डोप्याकम अग्मेन्टेशनकी टिम लिडर अमेरिकी सेनाकी क्याप्टेन केटलिन ह्यानरको उपस्थिती थियो जसले भन्नुभयो, ‘यस किसिमका परियोजनाहरू नेपालमा विपद पूर्वतयारी र तयारीप्रति हाम्रो प्रतिबद्धताका प्रतीक हुन् र यिनले नेपालका जनतालाई वास्तविक र ठोस फाइदा पुर्याउने छन्। यी डिप ट्युबवेल तथा यस्तै अन्य पहलहरूले यस क्षेत्रमा अमेरिकी इन्डोप्याकम