Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्पको आयोजना
3 MINUTE READ
जुलाई 30, 2019

The U.S. Embassy, in partnership with Kathmandu Living Lab (KLL), organized a two-day South Asia Air Quality Tech Camp
The U.S. Embassy, in partnership with Kathmandu Living Lab (KLL), organized a two-day South Asia Air Quality Tech Camp

२०७६ साउन १४

काठमाडौँ – अमेरिकी दूतावासले काठमाडौँ लिभिङ् ल्याब (केएल्एल्) सँगको साझेदारीमा साउन १४-१५ गते दुई दिने दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्पको आयोजना गरेको छ। वायुको गुणस्तर’bout सार्वजनिक चासो बढ्दै गएको र सरकारहरूको यस विषयप्रति ध्यानाकर्षण बढ्दो रहेको अवस्थामायस टेकक्याम्पले बङ्गलादेशभुटानभारतमालदिभ्सनेपालपाकिस्तानर श्रीलङ्का गरी सात वटा दक्षिण एसियाली देशहरूबाट सहभागीहरू आमन्त्रण गरेको छ।

उद्‍घाटन समारोहमा बोल्दै राजदूत र्‍यान्डी बेरीले साना बालबालिकाहरूका संज्ञानात्मक सिपमा उच्च प्रदूषणले दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभयो। वायु प्रदूषणले सार्वजनिक स्वास्थ्यअर्थतन्त्रर यस क्षेत्रकै पर्यावरणमा ठुलो क्षति पुर्‍याउँछत्यसैले क्षेत्रीय प्रतिकार्य आवश्यक छ। हालको वायु प्रदूषण सङ्कटको समाधान खोज्नु चुनौतीपूर्ण छतसर्थ हामी महत्त्वाकाङ्क्षी हुनै पर्छ,” राजदूत बेरीले थप्नुभयो।

धेरै प्रस्तुतिकर्ताहरू काठमाडौँजस्तै चरम वायु प्रदूषणसँग भिड्दै गरेका नयाँ दिल्लीकोलकातालाहोरढाकार कराँची लगायतका सहरहरूबाट उपस्थित भएका थिए। यस कार्यक्रमले यस क्षेत्रमा रहेका वायु प्रदूषणका समस्याहरूको समाधानका निम्ति सहभागीहरूलाई उनीहरूको आवाजलाई बुलन्द गर्न अत्याधुनिक तथा नवीन साधन र प्रविधि प्रदान गरी मद्दत गर्नेछर यस समस्याका राजनीतिकसामाजिकर वैज्ञानिक पाटाहरूलाई सम्बोधन गर्ने र नागरिक समाजसञ्चार माध्यम र अन्य प्रभावकर्ताहरूको सरकारहरूसँग कार्य गर्नेजनतालाई सशक्त बनाउनेर दक्षिण एसियामा वायुको गुणस्तर सुधार कार्य गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष लिएको छ। टेकक्याम्पले कार्यक्रमको एक अंश स्वरूप सहभागीहरूलाई तिनका नवआर्जित सिपहरूको प्रयोग र प्राविधिक समाधानहरूको कार्यान्वयन गर्नमा मद्दत पुर्‍याउन तयार पारिएका साना अनुदानहरू मार्फत कार्यक्रमपछिका प्रयासहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने योजना राखेको छ।

[टेकक्याम्प’bout: टेकक्याम्प कार्यक्रमहरू अन्तर्क्रियात्मक र व्यावहारिक गोष्ठी हुन् जसले नागरिक समाजका अभिवक्तापत्रकारयुवा सञ्जालका सहभागीसरकारी अधिकारीतथा निश्‍चित नीतिगत प्राथमिकतामा कार्यरत अन्यको प्राविधिक क्षमता निर्माण गर्न निजी क्षेत्रका प्रविधि विज्ञहरूको उपयोग गर्दछन्।]

###