Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिल्यान्यास
2 MINUTE READ
मे 6, 2019

Press Release Newspaper Roll
Press Release Newspaper Roll

२०७६ वैशाख २१

अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास समारोह आयोजना गरेको छ । अमेरिकी रक्षा मन्त्रालयको आर्थिक सहयोगमा नेपालद्वारा निर्माण गरिने उक्त १२ लाख अमेरिकी डलर लागतको प्रसूति केन्द्रले सो क्षेत्रमा अति आवश्यक प्रसूति सेवा प्रदान गर्नेछ ।

कोशी अञ्चल अस्पतालको क्षमता हाल सिमित हुनुका साथै स्थानिय नागरिकका आवश्यकता पूर्ति गर्न अपुग छ । मोरङ प्रसूति केन्द्रले उक्त क्षेत्रका प्रसूति बिरामीलाई अस्पतालका शय्या सम्मको पहुँच बढाउनेछ । प्रसूति सेवा सम्मको पहुँचमा हुने वृद्धिले बच्चा जन्माउने बखतको मातृशिशु मृत्युदरलाई घटाउनुका साथै नवजात शिशु र सुत्केरी स्वास्थ्य सेवाहरूमा सुधार ल्याउनेछन् ।

“यस प्रसूति केन्द्रमार्फत नेपालमा स्वास्थ्य सेवा सम्मको पहुँच बढाउन पाएकोमा अमेरिकी जनतालाई खुशी लागेको छ । तर यस केन्द्रले आफ्ना ढोका खोलिसकेपछि  र अझ बढि परिवारहरूले घरमा बच्चा जन्माउनुको साटो यस्ता भवनको प्रयोग रोजेपछि पनि यी सेवाहरूको गुणस्तरमा निरन्तर सुधार गर्नु महत्त्वपुर्ण हुनेछ । यसको मतलब हो कि हामीले स्वास्थ्य श्रमशक्तिमाथि लगानी निरन्तर गर्नुपर्छ र उनीहरूलाई सेवाकालमा उचित तालिम र शिप उपलब्ध छ भन्ने सुनिश्‍चित गर्नुपर्छ,” अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएस्एड्) की स्वास्थ्य विकास अधिकृत मनिका भिलान्वएभाले भन्नुभयो ।

उक्त समारोहमा यूएस्एड्को स्वास्थ्य इकाइ र अमेरिकी दूतावासका Indo-PACOM Augmentation इकाइका प्रतिनिधिहरू; माननीय उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्‍यामन्त्री श्री उपेन्द्र यादव; प्रदेश १ का माननीय सामाजिक विकासमन्त्री श्री जिवन घिमिरे; बिराटनगर महानगरपालिकाका मेयर श्री भीम पराजुली; र नेपाल सरकार, कोशी अञ्चल अस्पताल, तथा नेपालका सुरक्षा निकायका प्रतिनिधिको पनि उपस्थिति थियो ।

###