२०७६ कात्तिक २९
अमेरिकी दूतावासले हालै आफ्नो सिभिल मिलिटरी सपोर्ट एलिमेन्टका तीन सदस्यलाई विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा नेपाली युवालाई विपद् व्यवस्थापनको विषयमा शिक्षण गर्न पठाएको छ । विराटनगरको अमेरिकन कर्नरसँग सहकार्य गर्दै दूतावासका प्रतिनिधिले १०० भन्दा बढी विद्यार्थीलाई भेटेका छन् । उनीहरूले प्राकृतिक, प्राविधिक र मानवसिर्जित विपद्का लागि सक्रिय योजनाको महत्त्वको विषयमा छलफल गर्नुका साथै विद्यार्थीहरूले आफू र आफ्ना परिवारलाई तयारी अवस्थामा राख्नका लागि के गर्न सक्छन् भन्ने कुरा सिकाए । विद्यार्थी र दूतावासका प्रतिनिधिले सुरक्षा सामग्री कसरी तयार पार्ने, विपद् आउनासाथ के गर्ने, पट्टी र गज कसरी बाँध्ने आदि विषयमा छलफल गरे । छलफलबाट विद्यार्थीहरूले पाएको शिक्षाले उनीहरूलाई आफ्ना परिवारका सदस्य र छिमेकीलाई विपद्पछि उपचारको अझै राम्रो सुविधासम्म पुर्याउनसक्ने गरी सक्षम बनाएको छ ।
विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद दुलालले भन्नुभयो, “तपाईँले यी कलिला विद्यार्थीहरूलाई विपद् पूर्वतयारीको विषयमा पढाउनुभयो । हामीले आफूलाई सम्मानित महसुस गरेका छौँ । अन्य कुनै राष्ट्र हामीसँग यस विषयमा कुरा गर्न आएको थिएन । विद्यार्थीहरूले शिक्षकशिक्षिकाबाट सिकिसकेको ज्ञानलाई अझै मजबुत बनाउनका लागि उनीहरूलाई यस विषयको व्यावहारिक अनुभव चाहिन्छ ।” आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूसँगको अनुभव साटासाटबाट नेपाली विद्यार्थी र अमेरिकी नागरिकले एकार्काको संस्कृति ’bout जान्ने र सँगसँगै अङ्ग्रेजी भाषा अभ्यास गर्ने अवसर पाए ।
###