Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा वार्षिक क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना
2 MINUTE READ
जुलाई 16, 2019

U.S. Ambassador to Nepal Randy W. Berry, UN Resident Coordinator Valerie Julliand, and Ministry of Foreign Affairs Spokesperson Ambassador Bharat Raj Paudyal jointly launched the 2019 Everest International Model United Nations (EIMUN) conference
U.S. Ambassador to Nepal Randy W. Berry, UN Resident Coordinator Valerie Julliand, and Ministry of Foreign Affairs Spokesperson Ambassador Bharat Raj Paudyal jointly launched the 2019 Everest International Model United Nations (EIMUN) conference

२०७६ असार ३०

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीराष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले संयुक्त रूपमा आज सन् २०१९ को एभरेस्ट अन्तर्राष्ट्रिय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गर्नुभएको छ । अमेरिकी दूतावासले अनुदानग्राही युथ थिङ्कर्स सोसाइटीसँगको साझेदारीमा आयोजित उक्त सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका विभिन्न २० देशका २०० प्रतिनिधिलाई स्वागत गरेको छ । सम्मेलनमा उनीहरूले सुलभ तथा सुपथ मूल्यका खाद्यान्नका लागि पूर्वाधार निर्माणदेखि लिएर साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षण संयन्त्र विकाससम्मका विषयवस्तुमा छलफल गर्नेछन् ।

प्रतिनिधिहरूलाई सम्बोधन गर्दै राजदूत बेरीले भन्नुभयो, “अन्तर्राष्ट्रिय मानदण्डहरूको पालना गर्नु प्रत्येक राष्ट्रको जिम्मेवारी हो र सबै देशको मर्यादित हुने र दबाबबाट मुक्त हुने सार्वभौम रोजाइलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा संयुक्त राज्य अमेरिका विश्‍वास गर्दछ । एसियामा यही विचार हो जसले इन्डो-प्यासिफिक क्षेत्रभर नै अमेरिकाको दृष्टिकोणलाई परिभाषित गर्दछ । उहाँले विद्यार्थीहरूलाई सम्मेलनमा सिकेका सिप तथा ज्ञानगुनका कुराहरूलाई आफ्नो भावी अध्ययन तथा वृत्तिविकासमा सदुपयोग गर्न प्रोत्साहित गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्डले भन्नुभयो, “युवासँग परिवर्तन सिर्जना गर्नसक्ने शक्ति छ । नमूना राष्ट्रसंघीय अभ्यास युवाका लागि दिगो विकास लक्ष्य प्राप्‍ति र जलवायु परिवर्तनविरुद्ध सङ्‌घर्ष जस्ता स्थानीय तथा विश्‍वव्यापी मुद्दाहरूको सम्बोधनमा संलग्न हुने उत्तम अवसर हो ।

साताभर विद्यार्थीहरूले राष्ट्रसंघीय सुरक्षा परिषद्युएन वुमेनसंयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्विश्‍व खाद्य कार्यक्रम तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका समिति अधिवेशनहरूको अभ्यास गर्नेछन् । प्रतिनिधिहरूले राष्ट्रसंघीय विज्ञ वक्ता तथा वृत्तिविकास प्यानल छलफलमा भाग लिनेछन् । साथैसबै प्रतिनिधिहरूको विविध सांस्कृतिक पृष्ठभूमिलाई समेटेर तयार पारिएको सञ्‍जाल निर्माण कार्यक्रममा समेत उनीहरू सरिक हुनेछन् ।