Flag

An official website of the United States government

अमेरिकी राष्ट्रिय दिवसको उत्सवमा अमेरिका-नेपालबिचको साझेदारीमाथि जोड
3 MINUTE READ
मार्च 25, 2019

The United States Embassy held its 243rd National Day Celebration
The United States Embassy held its 243rd National Day Celebration

अमेरिकी दूतावासले मिति २०७५ चैत ८ गते काठमाडौँस्थित फोहरा दरबारमा आफ्नो २४३औँ राष्ट्रिय दिवस मनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले संयुक्त राज्य अमेरिका र नेपालबिचको बलियोगहिरोर निकट साझेदारीको निरन्तरताको कामना गर्नुभयो ।

कार्यक्रममा राजदूत बेरीले अमेरिका-नेपालबिचको ७२ वर्षको सम्बन्धलाई साझा लक्ष्य र गहिरोसार्थक साझेदारीको परिणामस्वरूप सम्भव बनेको संयुक्त सफलता का रूपमा व्याख्या गर्नुभयो । त्यस कारण हामीबिचको साझेदारी कुनै शर्तऋण वा कर्जामा बाँधिएर आउँदैन,” उहाँले भन्नुभयो । आगामी पाँच वर्षमा हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको डेढ खर्ब रुपैयाँ बराबरको सहायता नगद वा दातृ सहयोग हुने छैन । त्यसो नभईनेपाललाई समृद्ध र सुखी बन्न मद्दत गर्न यस सहायतामार्फत नेपालीहरूले अपनाउन तथा अवलम्बन गर्न विश्‍वव्यापी उत्कृष्ट अभ्याससीपमूलक तालिमर नमुना प्रदान गरिनेछ,” राजदूत बेरीले थप्नुभयो ।

अमेरिकी स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा राजदूत बेरीअमेरिकी नियोग उप-प्रमुखयुएसएआईडी नेपाल निर्देशकर दूतावासका सैनिक सहचारीले विभिन्न क्षेत्रमा कार्यरत सयौँ नेपाली अतिथिहरूलाई स्वागत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुन र राजदूत बेरीले कलर गार्ड प्रस्तुतिकरणका साथै दुवै देशका राष्ट्रगानको अवलोकन गर्नुभयो ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखमा मनाइने भए तापनि उक्त समयमा नेपालमा मनसुन पर्ने लगायतका विविध कारणले केही महिना अगाडि नै मनाउने गरिएको छ ।