Flag

An official website of the United States government

अमेरिकी सेना र सशस्त्र प्रहरी बल, नेपालबिच प्राथमिक उपचारसम्बन्धी पहिलो आदानप्रदान सम्पन्न
2 MINUTE READ
अप्रील 15, 2019

U.S. Army Soldiers and members of the Nepal Armed Police Force (APF) teamed up to exchange medical first responder knowledge
U.S. Army Soldiers and members of the Nepal Armed Police Force (APF) teamed up to exchange medical first responder knowledge

२०७५ चैत २९

अमेरिकी सेनाका सैनिक तथा सशस्त्र प्रहरी बलनेपालका सदस्यहरूले पहिलो प्राथमिक उपचारकसम्बन्धी ज्ञान आदानप्रदानका लागि सहकार्य गरेका छन् । चैत २५ देखि २९ गतेसम्म सञ्‍चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड-प्यासिफिक र सशस्त्र प्रहरी बलबिचको नयाँ साझेदारीको सुरुआतमै आयोजित महत्त्वपूर्ण कार्यक्रम हो ।

उक्त हैसियतमा यी दुई निकायले काम गरेको यो प्रथम पटक हो । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा सञ्‍चालित आदानप्रदान कार्यक्रमले उपचार तथा विपद् प्रतिकार्यसम्बन्धी अनेक विषयवस्तु समेटेको थियो । लडाइँमा घाइतेको युक्तिपूर्ण हेरचाहदुर्घटनाका घाइतेहरूको मूल्याङ्कनच्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियमविपद् दुर्घटनाको परिदृश्यगम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषयमा कार्यक्रममा ज्ञान आदानप्रदान गरिएको थियो । आआफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो प्राथमिक उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरे ।

अमेरिकी र नेपाली फौजले एकार्कालाई सिकाउने र एकार्काबाट सिक्न पाउने यस्ता कार्यक्रमहरू दुई देशबिचको बलियो साझेदारीका महत्त्वपूर्ण पक्ष हुन्,” अमेरिकी टोलीतर्फका नेतृत्वकर्ता क्‍याप्टेन जिहे लीले भन्नुभयो ।