इङ्लिस ल्याङ्ग्वेज फेलो प्रोग्राम
सन् १९६९ देखि अमेरिकन इङ्लिस भाषा पढाउने शिक्षकहरू होस्ट-कन्ट्रीका विश्वविद्यालय, शिक्षा मन्त्रालय वा अन्य संघसंस्थाहरूमा दश महिने आदानप्रदान कार्यक्रममा सहभागी हुँदै आएका छन् । इङ्लिस ल्याङ्ग्वेज फेलोले आफ्नो विशेषज्ञता अरुसँग बाँड्छ, समुदायमा सहभागी हुन्छ र आफ्नो पढाउने सीपलार्इ सँगसँगै तीक्ष्ण बनाउँदै लैजान्छ । औसत रूपमा हरेक वर्ष १४० जना इङ्लिस ल्याङ्ग्वेज फेलो ८० वटा भन्दा बढी मुलुकमा इङ्लिस ल्याङ्गवेज फेलो प्रोग्राम मा सहभागी हुने गर्छन् ।