Flag

An official website of the United States government

इङ्‌लिस एक्सेस माइक्रो स्कलरशिप प्रोग्राम
1 MINUTE READ
मे 29, 2018

एक्सेस” प्रोग्रामले स्कूलको बिदापछि आयोजित गरिने कक्षा एवम् गर्मीको बिदाका बेला सञ्चालन गरिने तीव्र अध्ययन कार्यक्रममार्फत अवसरबाट वञ्चित उच्चमाध्यमिक तहका प्रतिभाशाली विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषाको विकासका लागि आवश्यक आधारभूत सीप प्रदान गर्दछ । प्रोग्रामले विद्यार्थीहरूलाई राम्रो रोजगार तथा शैक्षिक अवसरहरूको लागि आवश्यक सीप प्रदान गर्नुका साथै अमेरिकामा अध्ययन गर्ने तथा आदानप्रदान कार्यक्रममा सहभागी हुने अवसर समेत प्रदान गर्दछ । सन् २००४ मा स्थापना भएदेखि हालसम्म ७० भन्दा बढी मुलुकका करिब ५५,००० विद्यार्थीहरू एक्सेस प्रोग्राममा सहभागी भइसकेका छन् ।

एक्सेस प्रोग्रामसम्बन्धी थप जानकारीका लागि कृपया एक्सेसको फेसबुक पेज हेर्नुहोस् वा एक्सेसको छैठौँ त्रैमासिक प्रतिवेदन पढ्नुहोस् ।