Flag

An official website of the United States government

कर्णाली प्रदेशमा जनस्वास्थ्यको क्षेत्रलाई बलियो बनाउनका लागि अमेरिका र नेपालद्वारा साझेदारी
2 MINUTE READ
सेप्टेम्बर 26, 2019

Today, in accordance with the bilateral agreement signed between the United States Agency for International Development (USAID)
Today, in accordance with the bilateral agreement signed between the United States Agency for International Development (USAID)

२०७६ असोज ९

कर्णाली प्रदेश – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारको अर्थ मन्त्रालयबिच हस्ताक्षर भएको द्विपक्षीय सहमतिबमोजिम आज नेपालस्थित युएसएआईडी कार्यालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका बिच उक्त प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि एक साझेदारी सुरु भएको छ । नेपालको नयाँ संघीय संरचनामा नेपाल सरकारको स्वीकृत बजेटअन्तर्गत प्रदेशमा सिधै सहयोग प्रदान सुरु गर्ने युएसएआईडी पहिलो विकास साझेदार बनेको छ । अन्य प्रदेशहरूको तुलनामा कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर दोस्रो उच्च रहेको छ (प्रति १,००० जन्ममा ५८) भने कुल प्रजन दर समेत दोस्रो उच्च नै रहेको छ (प्रति महिला २.८ बालबालिका) । यस साझेदारीमार्फत युएसएआईडीले कर्णाली प्रदेशलाई मातृस्वास्थ्यका साथै नवजात शिशु र बालबालिकाको स्वास्थ्य सेवामा सुधारमार्फत जीवन रक्षाका निम्ति छ करोड ६० लाख रुपैयाँसम्मको लगानी गर्न सहयोग गर्नेछ ।

स्वास्थ्यसम्बन्धी यी कार्यक्रमहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ र यसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रातोकिताबमा युएसएआईडीबाट योगदान भएको आर्थिक सहयोग सदुपयोग गरिनेछ । कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री दल रावल, सामाजिक विकास सचिव डा. मानबहादुर विश्‍वकर्मा र युएसएआईडी नेपालका कार्यवाहक निर्देशक एड्रिआना हेजको उपस्थिति रहेको एक औपचारिक कार्यक्रमका बिच उक्त साझेदारीको संयुक्त रूपमा घोषणा गरिएको थियो ।

###