वर्तमान समयमा काठमाडौँस्थित अमेरिकी दूतावास नियमित भिसा सेवाका लागि बन्द छ । दूतावास आपतकालीन केसहरू र अन्तर्वार्ताको जरुरत नपर्ने सीमित सङ्ख्याका भिसा केसहरूमाथि मात्र प्रक्रिया चलाउन समर्थ छ । त्यसका अतिरिक्त, अमेरिकी नागरिकका मङ्गेतर लगायतका निश्चित निकटतम आफन्त र परिवारका सदस्य र विशेष आप्रवासी भिसाका निश्चित आवेदकहरूलाई प्राथमिकता दिँदै आप्रवासी भिसाका केसहरूलाई सीमित आधारमा शेडुल गरिँदैछ । हामी यथासम्भव चाँडो भिसा सेवा पुनः चालु गर्नेछौँ तर यस बखत निश्चित मिति प्रदान गर्न असमर्थ छौँ । गैरआप्रवासी भिसाका आवेदकका हकमा मेशिन रिडेबल भिसा (एमआरभी) शुल्क मान्य छ र सो खरिद गरिएको देशमा सेप्टेम्बर ३०, २०२२ सम्म भिसा आवेदनका लागि प्रयोग गर्ने सकिनेछ । तपाईँको विषय अत्यन्त जरुरी छ र तुरुन्त भ्रमण गर्नुपर्ने आवश्यकता छ भने आपतकालीन अपोइन्टमेन्टका लागि अनुरोध गर्न support-nepal@ustraveldocs.com मा सम्पर्क गर्नुहोला ।
Language