पीसकोर स्वयंसेवकको २०४औं समूहद्वारा सपथ ग्रहण

काठमाडौँ – ३८ जना पीसकोर स्वयंमसेवकहरूले राजदूत अलाइना बी. टेप्लेट्ज तथा पीसकोर नेपालका देशीय निर्देशक नेल्सन चेसबाट सपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले सपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,७६० भन्दा बढी स्वयंसेवकहरू र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७,२०० भन्दा बढी पीसकोर स्वयंमसेवकहरको सूचीमा सामेल भएका छन् । सन् २०१२ मा पीसकोर कार्यक्रम पुन: चालु भएपछि नेपाल आउने स्वयंमसेवकहरूको यो छैटौ समूह हो ।

अप्रिल २०१७ मा नेपाल आइपुगेका ३८ जना पीसकोर स्वयंसेवकहरूले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्‍ता लामो पूर्व सेवाकालीन  तालिम पूरा गरेका छन् । खाद्य तथा पोषण सुरक्षाको क्षेत्रमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई पश्‍चिमाञ्‍चल तथा मध्यपश्‍चमाञ्‍चल क्षेत्रका जिल्लाहरूमा खटाइएको छ ।

पीसकोर अमेरिकी सरकारको कार्यकारी तह अन्तर्गतको एउटा स्वतन्त्र निकाय हो ।  पीसकोर ऐन पारित भएसँगै अमेरिकी कंग्रेसबाट २२ सेप्टेम्बर,  १९६१ मा यसले औपचारिक रूपमा आधिकारिकता प्राप्‍त गरेको हो । पीसकोरले अमेरिकी कंग्रेसमा दोहोरो सहयोग पाएको छ । विगत पाँच दशकभन्दा अघिदेखि समुदायका अगुवाहरूसँग सहकार्य गर्दै पीसकोर स्वयंसेवकहरूले आफ्नो विवेक, सृजनशिलता र लगनशिलताका साथ कठिन चुनौतीहरूको समाधान गर्न सहयोग पुर्‍याउँदै आएका छन् ।

आजको कार्यक्रमका  फोटोहरू यस लिङ्कमा हेर्न सकिनेछ :

# # #