Flag

An official website of the United States government

पीसकोर स्वयंसेवकहरूको २०६औँ समूहद्वारा शपथ ग्रहण
3 MINUTE READ
अप्रील 22, 2019

Forty-nine Peace Corps Volunteers were sworn in by Ambassador Randy Berry
Forty-nine Peace Corps Volunteers were sworn in by Ambassador Randy Berry

२०७६ वैशाख ६

अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा पीसकोरका नेपाल निर्देशक शेरी रस्सेलबाट ४९ जना पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् । यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७,२०० भन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा सामेल भएका छन् । माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री चक्रपाणी खनाल कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।
ग्रामीण क्षेत्रमा परम्परागत रूपमा सीमान्तकृत जनसङ्ख्यासँग कार्यरत पीसकोर स्वयंसेवकका रूपमा तपाईँहरूले अमेरिकाले गर्नसक्ने असल कामका साथै अमेरिकी जनता र हाम्रो संस्कृति तथा मूल्य ’bout नेपालीहरूको बुझाइका सम्बन्धमा ठूलो प्रभाव पार्नुहुनेछ,” राजदूत बेरीले भन्नुभयो ।
फेब्रुअरी २०१९ मा नेपाल आइपुगेका ४९ जना पीसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्‍ते सघन भाषिकअन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पुरा गरेका छन् । सरकारी विद्यालयहरूमा अङ्ग्रेजी भाषा अध्यापन गर्नुका साथै खाद्य सुरक्षायुवा विकास तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई प्रदेश नं. ३ देखि ७ सम्मका १० जिल्लामा खटाइएको छ । शिक्षा मन्त्रालयस्वास्थ्य मन्त्रालय तथा कृषि मन्त्रालयसँगको समन्वयमा यस्ता परियोजनामा काम गर्दै उनीहरूले नेपाल सरकारको प्राथमिकतामा रहेका कार्यक्रमलाई समेत सहयोग गर्नेछन् । यस पटकका स्वयंसेवकहरूको समूहमा शिक्षा मन्त्रालयको आग्रहमा अङ्ग्रेजी पढाउन आएका स्वयंसेवकहरू समेत समावेश छन् । सन् २००४ यता नेपालमा अङ्ग्रेजी पढाउन आउने पीसकोर स्वयंसेवकहरूको यो पहिलो समूह हो ।
सन् १९६१ मा स्थापना भएदेखि नै पीसकोर विश्‍व शान्ति तथा मित्रताको ध्येयबाट निर्देशित छ । उक्त संस्थाले विश्‍वभर विकासलाई अगाडि बढाउने र अन्तरसांस्कृतिक समझदारी निर्माण गर्ने कार्य गर्दछ । आफ्ना स्वयंसेवकहरूले सेवा अविधिमा र तत्पश्‍चात् समेत गरेको काममार्फत पीस कोरले आफ्नो ध्येयलाई अगाडि बढाउँछ । अन्य मुलुकहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुको सट्टा यस संस्थाले त्यहाँ स्वयंसेवकहरू पठाउने गरेको छ । स्थानीय व्यक्ति तथा समुदायसँग बस्दै र काम गर्दै ती स्वयंसेवकहरूले आफ्ना सिप तथा अनुभव बाँड्छन् । यस प्रकारको दैनिक अन्तरक्रियाले उनीहरूलाई पृथक दृष्टिकोण प्रदान गर्नुका साथै स्थानीय समुदायसँग तिनका विकाससम्बन्धी चुनौतीलाई सम्बोधन गर्न र पारस्परिक समझदारीलाई मजबुत बनाउनका लागि साझेदारी गर्ने अवसर दिन्छ । सन् १९६१ यता दुई लाख २० हजारभन्दा बढी स्वयंसेवकले १४० देशमा सेवा पुर्‍याइसकेका छन् ।

###