Flag

An official website of the United States government

युएसएआइडीद्वारा सिन्धुपाल्चोक जिल्लामा दुई नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण
2 MINUTE READ
फ्रेवुअरी 25, 2020

Today, the United States government handed over two newly constructed primary school buildings to the people of Sindhupalchowk District.
Today, the United States government handed over two newly constructed primary school buildings to the people of Sindhupalchowk District.

फागुन १३, २०७६

अमेरिकी सरकारले आज सिन्धुपाल्चोक जिल्लाका जनतालाई दुई नवनिर्मित प्राथमिक विद्यालय भवनहरूको हस्तान्तरण गरेको छ । सुर्यकिरण प्राथमिक विद्यालय र श्री प्राथमिक विद्यालय गरी यी दुई विद्यालयहरू भूकम्पबाट अति प्रभावित सात जिल्लामा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले बनाउँदै लगेका २९ वटा भूकम्पीय दृष्टिले सुरक्षित, सुसज्जित र बालबालिका तथा अपाङ्गता-मैत्री प्राथमिक र माध्यमिक विद्यालयहरूका एक हिस्सा हुन् । सिन्धुपाल्चोकका यी विद्यालय एसियाली विकास बैङ्क; राष्ट्रिय पुनर्निर्माण प्राधिकरण; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका केन्द्रीय र जिल्ला-स्तरीय परियोजना कार्यान्वयन इकाईहरू; र स्थानीय विद्यालय व्यवस्थापन समितिहरूसँगको साझेदारीमा निर्माण गरिएका हुन् । आजका मितिसम्म युएसएआइडीले यी २९ विद्यालयमध्ये १५ वटाको हस्तान्तरण गरिसकेको छ । सम्पन्न भएसँगै यी २९ विद्यालयबाट ८,८०० विद्यार्थी र भविष्यमा थप असङ्ख्य लाभान्वित हुनेछन् । यी विद्यालयले अमेरिकी जनताको उदारताको प्रतिबिम्ब र नेपालको भविष्य तथा समृद्धिमा अमेरिकाको विश्‍वास, समर्थन तथा लगानीको प्रतिनिधित्व गर्दछन् ।

###