Flag

An official website of the United States government

युएस्एड्द्वारा सिन्धुपाल्चोक जिल्लामा चार नयाँ प्राथमिक विद्यालयको हस्तान्तरण
2 MINUTE READ
मे 24, 2019

Sindhupalchowk— Mission Director for the United States Agency for International Development (USAID)/Nepal, Amy Tohill-Stull
Sindhupalchowk— Mission Director for the United States Agency for International Development (USAID)/Nepal, Amy Tohill-Stull

२०७६ जेठ ९

सिन्धुपाल्चोक—अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एड्-नेपाल) की निर्देशक एमी टोहिल-स्टल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज चारवटा नयाँ प्राथमिक विद्यालय सिन्धुपाल्चोक जिल्लाका जनतालाई हस्तान्तरण गर्नुभयो । उक्त हस्तान्तरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङको पनि सहभागिता थियो । यी चार विद्यालयहरू भूकम्पले अति प्रभावित सात जिल्लामा युएस्एड्ले निर्माण गर्दै गरेका भूकम्पीय दृष्टिकोणले सुरक्षितसुसज्जितर बालबालिका तथा अपाङ्गमैत्री २९ वटा प्राथमिक र माध्यमिक विद्यालयमध्येका हुन् । युएस्एड्ले अहिलेसम्म यी २९ मध्ये १३ वटाको हस्तान्तरण गरिसकेको छ । समग्रमा यी २९ विद्यालयबाट आठ हजार आठ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन् । भूकम्पपछिका नेपाली प्रयत्‍नहरूमा अमेरिकी सरकारका बृहत् सहायता’bout थप बुझ्न यहाँ क्लिक् गर्नुहोस्: https://np.usembassy.gov/hands-over-new-primary-schools/