Flag

An official website of the United States government

वायु गुणस्तर मापनयन्त्र
5 MINUTE READ
जुन 1, 2018

अमेरिकी विदेश मन्त्रालय र अमेरिकी वातावरणीय संरक्षण एजेन्सी (इ.पी.ए.) ले संयुक्त रुपमा अमेरिकी दूतावास र कन्सुलेटहरूसँग समन्वय गरी विश्वभरि नै वायुको गुणस्तर मापन गर्दछन् । यस कार्यक्रमअन्तर्गत काठमाडौंस्थित अमेरिकी दूतावासले हालै दूतावास हातामा र फोरा दरबार रिक्रिएशन सेन्टरको हातामा गरी दुईवटा वायु गुणस्तर मापनयन्त्र (एयर क्वालिटी मनिटर) हरू जडान गरेको छ । ती मनिटरहरूले सङ्कलन गरेको डेटा इपीए एयरनाऊ वेबसाइटमा उपलब्ध छ ।

इपीए एयरनाऊ वेबसाइटमा काठमाडौंको तथ्याङ्क हेर्न म्याप लोकेसनमा नेपाल छनोट गरी पेजको माथिल्लो भागको ‘सेलेक्ट अ सिटी’ अप्सनमा क्लिक गर्नुपर्छ । काठमाडौंका एयर क्वालिटी मनिटरहरूले दुई प्रकारका प्रदूषणको तथ्याङ्क सङ्कलन गर्छन् : ओजोन (ओ३) र साना, वायुमा उड्ने कणहरू (२.५ माइक्रोन वा सोभन्दा साना, जसलाई पीएम २.५ भनिन्छ) । काठमाडौंका दुवै स्थानबाट ओजोन र पीएम २.५ दुवैको तथ्याङ्क राखिएको छ ।

कृपया ध्यान दिनुहोला, यी दुई मनिटरमा राखिएका तथ्याङ्कले सम्पूर्ण काठमाडौंको प्रतिनिधित्व गर्दैनन् । नेपाल सरकार आफैंले देशका विभिन्न स्थानबाट एयर क्वालिटी तथ्याङ्क सङ्कलन गर्छ । ती तथ्याङ्कहरू एयरनाऊका तथ्याङ्कसँग ठ्याक्कै नमिल्न सक्छन् किनकि अनुगमनका लागि राखिएका उपकरणहरू फरक खालका छन् र फरक स्थानहरूमा राखिएका छन् । त्यसबाहेक ती तथ्याङ्कहरूलाई व्याख्या गर्ने तरीका पनि फरक हुनसक्छ ।

विदेश मन्त्रालयको एयर क्वालिटी मनिटरहरूको तथ्याङ्क चाहिँ एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भ्याल्यु मा परिवर्तित गरेर कलर कोड गरेर राखिन्छ । एक्यूआई भ्याल्यु ३ देखि १२ घण्टाको दौरानमा कणहरूको घनत्व फरक भएका बेला नापिन्छ । एक्यूआई भ्याल्युको व्याख्याका लागि तलको टेबल हेर्नुहोला ।

एयर क्वालिटी इन्डेक्स कसले सचेत रहनुपर्छ ?             कसले सचेत रहनुपर्छ ?
राम्रो 0-50 खुला ठाउँमा आरामसँग शारीरिक गतिविधि गर्न पाइन्छ ।
ठीकै 51-100 साना कणहरूले छिट्टै असर गर्ने व्यक्तिहरू अत्यन्तै संवेदनशील प्रकृति भएकाले : खुला ठाउँमा लामो समयसम्म वा कडाखाले शारीरिक गतिविधि कम गर्नुहोला । खोकी लाग्ने वा सास फेर्न कठिनाइ हुन्छ कि हुँदैन याद राख्नुहोला । यी लक्षणहरूमा खासै ध्यान नदिइने सम्भावना हुन्छ ।

अन्य सबैले : खुला ठाउँमा शारीरिक गतिविधि गर्न पाइन्छ ।

संवेदनशील प्रकृति भएकालार्इ अस्वस्थकर

101-150

संवेदनशील प्रकृति भएकाहरू : मुटु र फोक्सोसम्बन्धी समस्या भएका, उमेर ढल्केका, बालबालिका, र किशोरकिशोरीहरू संवेदनशील प्रकृति भएकाले : लामो समयसम्म वा कडाखाले शारीरिक गतिविधि कम गर्नुहोला । खुला ठाउँमा काम गर्न त पाइन्छ तर कडाखाले नगर्नुहोला र विश्राम लिइराख्नुहोला । खोकी लाग्ने वा सास फेर्न कठिनाइ हुन्छ कि हुँदैन याद राख्नुहोला ।

दमका रोगीले : दम बढेको बेलाको आकस्मिक तयारी अवस्थामा रहने र औषधिहरू भेटिने ठाउँमा राख्ने ।

मुटु रोगीहरूले : मुटु रोगीका लागि धड्कन बढ्नु, सास फेर्न कठिनाइ हुनु, अस्वाभाविक थकान हुनु गम्भीर अवस्था हुनसक्छन् । यस्तो बेला आफ्नो डाक्टरसँग सल्लाह लिनुहोला ।

अस्वस्थकर

151-200

सबै जना संवेदनशील प्रकृति भएकाले : खुला ठाउँमा लामो समयसम्म वा कडाखाले शारीरिक गतिविधि नगर्नुहोला । खुला ठाउँमा गर्ने काम घरभित्रै गर्नुहोला वा वायुको गुणस्तर अलि राम्रो भएको बेला गर्नुहोला ।

अन्य सबैले : खुला ठाउँमा लामो समयसम्म वा कडाखाले शारीरिक गतिविधि कम गर्नुहोला । खुला ठाउँमा काम गर्दा धेरैपटक विश्राम लिइराख्नुहोला ।

एकदमै अस्वस्थकर

201-300

सबै जना संवेदनशील प्रकृति भएकाले : खुला ठाउँमा कुनै पनि शारीरिक गतिविधि नगर्नुहोला । खुला ठाउँमा गर्ने काम घरभित्रै गर्नुहोला वा वायुको गुणस्तर अलि राम्रो भएको बेला गर्नुहोला ।

अन्य सबैले : लामो समयसम्म वा कडाखाले शारीरिक गतिविधि नगर्नुहोला । खुला ठाउँमा गर्ने काम घरभित्रै गर्नुहोला वा वायुको गुणस्तर अलि राम्रो भएको बेला गर्नुहोला ।

खतरनाक

301-500

सबै जना सबै जना : खुला ठाउँमा कुनै पनि शारीरिक गतिविधि नगर्नुहोला ।

संवेदनशील प्रकृति भएकाले : घरभित्रै बस्नुहोस् र शारीरिक गतिविधि कम गर्नुहोस् । घरभित्र साना कणहरू छिर्न नदिने उपायहरू अपनाउनुहोस् ।

नोट : 500 भन्दा माथिको मापन एयर क्वालिटी इन्डेक्सभित्र पर्दैन । ‘खतरनाक’ अवस्थाको सुझावहरू राम्रोसँग पालना गर्नुहोला । साना कणहरूको प्रदूषणबाट बच्न उपयोगी थप जानकारीका लागि यहाँ हेर्नुहोला