Flag

An official website of the United States government

व्यापारसम्बन्धी बारम्बार सोधिने प्रश्‍नहरू
3 MINUTE READ
मे 22, 2018

काठमाडौंस्थित अमेरिकी दूतावासमा यु.एस. कमर्सियल सर्भिस (USCS) को कार्यालय छ कि छैन ?

छैन । नेपालमा यु.एस. कमर्सियल सर्भिसको कार्यालय छैन । USCS अफिसले प्रदान गर्ने अधिकांश सेवाहरू दूतावासको पोलिटिकल/इकोनोमिक अफिसले प्रदान गर्दछ । उक्त अफिसले मुख्यतः अमेरिकी सामान तथा सेवाका निर्यातकर्ताहरूलाई सेवा प्रदान गर्दछ, यद्यपि नेपालमा लगानी गर्न चाहने अमेरिकी व्यावसायहरूलाई पनि सहयोग प्रदान गर्दछ । पोलिटिकल/इकोनोमिक अफिसले इच्छुक अमेरिकी व्यावसाय एवम् व्यक्ति विशेषलाई परामर्श समेत प्रदान गर्दछ ।

मेरो अमेरिकी कम्पनी छ र म नेपालमा सामान निर्यात गर्न चाहन्छु । म कहाँबाट सुरु गरौँ ? नेपाली बजार बारे कहाँबाट जानकारी प्राप्त गर्न सकिन्छ ?

अमेरिकी दूतावासले वार्षिक रूपमा अद्यावधिक गर्ने गरेको नेपाल कन्ट्री कमर्सियल गाइड (CCG) मा नेपालमा व्यापार गर्ने ’bout बृहत् जानकारी तथा विश्‍लेषण उपलब्ध गरिएको छ । यसका अलावा नेपालमा व्यापार गर्ने ’bout जानकारी प्राप्‍त गर्नका लागि अमेरिकी व्यावसायहरूलाई पोलिटिकल/इकोनोमिक अफिसमा सम्पर्क गर्न आग्रह गरिन्छ ।

कुन-कुन उद्योगका क्षेत्रमा सबैभन्दा राम्रा अवसरहरू छन् ?

नेपाल कन्ट्री कमर्सियल गाइडमा नेपालमा अमेरिकी निर्यात तथा लगानीमा अग्रणी भूमिका खेल्ने क्षेत्रहरूको नाम सूचिकृत गरिएको छ । सम्भावित क्षेत्रहरूका अलावा हामी अमेरिकी कम्पनीहरूलाई नेपाली अर्थतन्त्रको अन्य क्षेत्रहरूमा रहेका अवसहरूप्रति पनि अवगत रहन सुझाव दिन्छौं । आफूले प्रदान गर्ने विशेष वस्तु वा सेवाका लागि बजारमा के कस्ता अवसरहरू छन् भन्ने ’bout जानकारी प्राप्त गर्न कृपया पोलिटिकल/इकोनोमिक अफिसमा सम्पर्क गर्नुहोला ।

के मेरो निकासीका सामानमा कुनै किसिमको आयाती बन्देज लागू हुन्छ ?

तपाईंको सामानमा कुनै किसिमको आयात शुल्क वा कर लाग्ने नलाग्ने ’bout बुझ्न वा भन्सारसम्बन्धी परामर्श चाहिएमा कृपया पोलिटिकल/इकोनोमिक अफिसमा सम्पर्क गर्नुहोला ।

नेपाली कम्पनीको लागि वित्तीय/व्यापारिक रेफरेन्स कहाँ प्राप्त गर्न सकिन्छ ?

पोलिटिकल/इकोनोमिक अफिसले तपाईंको सम्भावित व्यावसायिक साझेदारको बिक्री दर, मुनाफा आँकडा र अन्य जानकारी लगायत उसको क्षमता, वैधता तथा आर्थिक शक्ति ’bout छानबिन गर्नसक्छ ।

मेरा सामानहरू प्रचारप्रसार गर्नका लागि नेपाली व्यावसायिक प्रकाशनहरूको सूचि कहाँ प्राप्त गर्नसक्छु ?

नेपालमा आफ्नो सामान वा सेवाको प्रचार प्रसारका लागि सबैभन्दा प्रभावशाली माध्यम भनेको स्थानीय पत्रपत्रिका, एफ.एम. रेडियो र टिभीमा विज्ञापन दिनु रहेको छ । प्रमुख सञ्चार माध्यमहरूको सूचीको लागि नेपाल कन्ट्री कमर्सियल गाइड (CCG) हेर्नुहोस् । आफ्नो उद्योग क्षेत्रसम्बन्धी जानकारीको लागि नेपाल उद्योग वाणिज्य महासंघ राम्रो स्रोत हुनसक्छ ।

के अमेरिकी दूतावासले नेपाली कम्पनी विरुद्धको उजुरी समाधान गर्न मलाई मद्दत गर्नसक्छ ?

यदि तपाईंको कम्पनीलाई कुनै नेपाली कम्पनीसँग कार्य गर्न कठिनाइ भइराखेको छ भने कृपया पोलिटिकल/इकोनोमिक अफिसमा सम्पर्क गरी कठिनाइको अवस्था’bout विस्तृत विवरण, सम्पर्क विवरण तथा समस्या समाधानका लागि गरिएका असफल पहलहरूको दस्तावेजी प्रमाण पेश गर्नुहोला । हामीले तपाईंको मुद्दाको विश्‍लेषण गरी तत्अनुरूप सहायता प्रदान गर्नेछौं ।

मलाई कानूनी सल्लाहको खाँचो छ । मैले नेपालमा भएका ल फर्महरूको सूची कहाँ प्राप्त गर्नसक्छु ?

तपाईंलाई ल फर्महरूको सूची चाहिएमा कृपया पोलिटिकल/इकोनोमिक अफिसमा सम्पर्क गर्नुहोस् । हामीले तपाईंलाई नेपालमा रहेका मुख्य ल फर्महरूको सूची प्रदान गर्नसक्छौं । कृपया ख्याल गर्नुहोस् सूचीमा भएका फर्महरू काठमाडौंस्थित अमेरिकी दूतावास वा अमेरिकी सरकारको कुनै पनि निकायद्वारा सिफारिस गरिएको भनी नबुझ्नु होला ।

नेपालमा अवस्थित अमेरिकी कम्पनीहरूको सूची कहाँ प्राप्त गर्न सकिन्छ ?

पोलिटिकल/इकोनोमिक अफिसले तपाईंलाई नेपालमा अवस्थित मुख्य-मुख्य अमेरिकी कम्पनीहरूको नाम प्रदान गर्न सक्दछ ।

नेपालमा व्यापारका अवसरहरू खोजी गर्न आउँदा भिसा चाहिन्छ ?

चाहिन्छ । तर तपाईंले छोटो अवधिको पर्यटक भिसा नेपाल आगमनमा पनि प्राप्त गर्न सक्नुहुन्छ जसअन्तर्गत तपाईंले सीमित रूपमा व्यापारिक गतिविधिहरू गर्न सक्नुहुन्छ ।

नेपाल भ्रमण गर्ने सबैभन्दा उत्तम समय कुन हो ?

वसन्त र शरद ऋतु नेपाल भ्रमणको लागि सबैभन्दा राम्रा समय हुन् । वर्षा यामबाट जोगिएकै राम्रो । वर्षा याम जुलाई देखि सेप्टेम्बरमा पर्दछ र उक्त समयमा देशभित्रको यात्रा कठिन हुनसक्छ ।

नेपालमा अमेरिकन चेम्बर अफ कमर्स छ कि छैन ?

छैन । तर नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (NUSACCI) चाहिँ छ र दूतावासले विगतमा भारतस्थित अमेरिकन चेम्बर अफ कमर्ससँग सहकार्य गरेको छ ।