Flag

An official website of the United States government

स्थानीय तहमा निर्वाचित पदाधिकारीका लागि स्थानीय शासन सम्बन्धी प्रशिक्षणको काठमाण्डौं उपत्यकामा उद्‍घाटन
2 MINUTE READ
जुन 6, 2019

Today, in coordination with the Ministry of Federal Affairs and General Administration
Today, in coordination with the Ministry of Federal Affairs and General Administration

२०७६ जेठ २३

अमेरिकी दूतावासले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको संयोजनमा स्थानीय सरकारका पदाधिकारीहरूका लागि बजेट तर्जुमा, द्वन्द्व समाधान, सामुदायिक संलग्नता, प्रभावकारी बैठक सञ्चालन, र प्रभावकारी न्यायिक प्रणाली निर्माणका विषयमा केन्द्रित प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । काठमाण्डौं उपत्यकाभरका ३३ स्थानीय पदाधिकारीप्रति लक्षित पहिलो प्रशिक्षणले नेपालको नयाँ संघीय प्रणाली अन्तर्गत नागरिकहरूलाई अधिकतम सेवा प्रदान गर्न स्थानीय पदाधिकारीलाई उनीहरूका भूमिका, जिम्मेवारी र उपलब्ध स्रोतसाधन’boutको चेतना अभिवृद्धि गर्न सहयोग गर्नेछ ।

यस कार्यक्रम तयार पार्नका लागि मेरिल्याण्ड विश्वविद्यालयका विज्ञहरूको एक टोलीले काठमाण्डौं, बर्दिया, बाँके, र दाङ जिल्लाको भ्रमण गरी त्यहाँका नेपालीसँग प्रत्यक्ष भेट गरी उनीहरूका लागि स्थानीय शासनमा अधिकतम महत्त्वका विषय के हुन् भनी बुझबुझारथ गरेका थिए । स्थानीय पदाधिकारीका लक्षित समूहहरूले २० वर्षको अन्तरालपछि निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पहिलो समूहमा रहेको ज्ञानको खाडल र सबैभन्दा जरुरी आवश्यकता’bout उनीहरूका अवधारणा व्यक्त गरेका थिए भने नागरिकका समूहहरूले मतदाताका धारणा अनुसार उनीहरूका आवश्यकता र चासो’bout छलफल गरेका थिए । मेरिल्याण्ड विश्वविद्यालयका विज्ञहरूको उक्त टोलीको नेतृत्व अमेरिकी राज्य मेरिल्याण्डको ‘इण्डियन हेड’ नगरका नेपाली मूलका अमेरिकी उपमेयर रन सिटौलाले गरेका थिए ।

उद्‍घाटन समारोहमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डितले भन्नुभयो उक्त प्रशिक्षणले नेपालका नविनतम् स्थानीय नेतृत्वलाई उनीहरूका समुदायहरूको सर्वोत्कृष्ट तवरले सेवा गर्न निश्चित सिप उपलब्ध गराउने छ । राष्ट्रपति अब्राहम लिङ्कनका शब्द पैंचो लिँदै राजदूत बेरीले थप्नुभयो, “निर्वाचित अधिकारीहरूले जनताका लागि, जनताबाट, जनताको सरकार निर्माणमा सहयोगमा पुर्‍याउँदै हुनुहुन्छ ।”

यस प्रशिक्षणलाई ५ भागमा विभाजन गरिएको छ: प्रभावकारी बैठक सञ्चालन, द्वन्द्व समाधान र व्यवस्थापन, सामुदायिक संलग्नता, स्थानीय सरकारको बजेट प्रशिक्षण, र प्रभावकारी न्यायिक प्रणालीको निर्माण । प्रत्येक भागले बजेट निर्माण र व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, प्रभावकारी बैठक सञ्चालन जस्ता महत्त्वपूर्ण सिपहरू प्रदान गर्नेछ । यस प्रशिक्षण नेपाल उद्योग वाणिज्य महासंघबाट नेपालभरका सातै वटा “अमेरिकन कर्नर” मा सञ्चालन हुनेछ ।