विश्‍व उद्यमशीलता शिखर सम्मेलन  २०१६ मा नेपाली प्रतिनिधिहरू

२०७३ असार ८

२०७३ असार ८ गतेदेखि १० गतेसम्म क्‍यालिफोर्नियास्थित पालो आल्टोमा आयोजना हुने विश्‍व उद्यमशीलता शिखर सम्मेलन (जीईएस) मा नेपालबाट आठ जनाले सहभागिता जनाउने जानकारी गराउन पाएकोमा अमेरिकी दूतावासलाई खुशी लागेको छ । सो शिखर सम्मेलनमा लगानीकर्ता, कार्यकारी अधिकृत र व्यावसायिक अगुवा लगायत विश्‍वभरका ७०० भन्दा बढी उद्यमीहरूले भाग लिँदैछन् । नेपाली सहभागीहरूमा एलिशा तुलाधर, भुवन आचार्य, डा. विशाल ढकाल, विश्‍वास ढकाल, ईशु सुवेदी, राजेशलाल जोशी, सुमना श्रेष्ठ र टीकाराम पौडेल रहनुभएको छ ।

राष्ट्रपति बाराक ओबामाका साथै वाणिज्य मन्त्री पेनी प्रिट्जकर, साना व्यवसाय प्रशासनका प्रशासक मरिया कन्ट्रेरास-स्वीट, युएसएआईडीका प्रशासक गेयल स्मिथ, विश्‍वव्यापी महिलाका सवालहरूसम्बन्धी महादूत क्‍याथरिन रसेल, सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिलासम्बन्धी उप-विदेशमन्त्री रिचर्ड स्टेङ्गल लगायतका अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरू समेतले विश्‍वभरका यी प्रतिभाशाली उद्यमीहरूसँगै कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

यो शिखर सम्मेलन जीईएसको सातौँ संस्करण हो । यसअघिका संस्करणहरू टर्की, संयुक्त अरब इमिरेट्स, मलेसिया, मोरक्‍को तथा केन्याका सरकारहरूले आयोजना गरेका थिए । अमेरिकामा उक्त सम्मेलन फेरि आयोजना गर्ने प्रयासका क्रममा राष्ट्रपति ओबामाले विश्‍वव्यापी चुनौतीहरूलाई मिलेर सामना गर्ने सेतुहरूको निर्माण गर्ने प्रतिबद्धतामा जोड दिनुभएको छ ।

उपर्युक्त सम्मेलनका ’boutमा थप जानकारी आवश्यक परेमा www.GES2016.org मा गएर प्राप्‍त गर्न सकिनेछ । साथै, प्रत्यक्ष कुराकानी #GES2016 को प्रयोग गरेर हेर्न सकिनेछ भने ट्विटरमा @ges2016 र इन्स्टाग्राममा ges2016 बाट पनि कार्यक्रमका ’boutमा जानकारी प्राप्‍त गर्न सकिनेछ ।

###