Flag

An official website of the United States government

सन् २०२४ को डि.भी. कार्यक्रम खुला
39 MINUTE READ
अक्टोबर 7, 2022

सन् २०२४ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता अवधि अक्टोबर , २०२२ (२०७९ असोज १९) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको :४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ नोभेम्बर , २०२२ (२०७९ कार्तिक २२) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) बन्द हुनेछ
हामी डि.भी. आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :

आवेदन नि:शुल्क : डि.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन
कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ
फारम अनलाइन भर्नुपर्ने : सन् २०२४ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा dvprogram.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डि.भी.) आवेदन फारम भर्नु पर्नेछ
पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ
एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्
हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन
पासपोर्ट: गएको वर्षहरूमा डिभी आवेदन दिनेक्रममा आफ्नो वैध म्याद नसकिएको राहदानीको विवरण पनि आवेदनसँगै उल्लेख गर्नुपर्ने हुन्थ्यो। यस वर्षदेखि आवेदन दिंदा वैध राहदानीको विवरण उल्लेख गर्नुपर्दैन।
आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो
आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस्
तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे , २०२३ (२०८० वैशाख २२) वा त्यसपछि dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गर्नु हो

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन

डि.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता वा छैन अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारी dvprogram.state.gov वा usvisas.state.gov/dv/instructions मा उपलब्ध

###