नेपालबाट धर्मसन्तान ग्रहण गर्न चाहने अमेरिकी नागरिकहरूले यस’bout http://adoptions.state.gov मा गर्इ थप जानकारी लिन सक्नुहुन्छ । अमेरिकी विदेश मन्त्रालयको अन्तरदेशीय धर्मसन्तान ग्रहणसम्बन्धी वेबसाइटमा नेपालबाट गरिने अन्तरदेशीय धर्मसन्तान ग्रहण’bout सामान्य जानकारी तथा विशेष सूचनाहरू उपलब्ध गराइएको छ । वेबसाइटमा उल्लेख गरिए अनुसार अमेरिकी सरकारले सन् २०१० देखि बेवारिसे छोडिएका टुहुरा नेपाली बालबालिकाको अन्तरदेशीय धर्मसन्तान ग्रहण प्रक्रिया स्थगित गरेको छ । परित्यागका कारण टुहुरा भएका बालबालिकाहरूका सम्बन्धमा भने धर्मसन्तान ग्रहण प्रक्रिया स्थगित गरिएको छैन । सन् २०१४ नोभेम्बरमा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला विभाग र आन्तरिक सुरक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) को अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यु.एस. सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसेस) को संयुक्त प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको अन्तरदेशीय धर्मसन्तान ग्रहण’boutको छलफललाई जारी राख्न नेपाल भ्रमण गरेको थियो । थप जानकारीका लागि https://travel.state.gov/content/adoptionsabroad/en/country-information/learn-about-a-country/nepal.html मा जानुहोस् ।
धर्मसन्तान ग्रहणसम्बन्धी जिज्ञासाहरू’bout बुझ्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई adoptionsnepal@state.gov मा पत्राचार गर्न सक्नुहुन्छ । अन्तरदेशीय धर्मसन्तान ग्रहणसम्बन्धी सामान्य जिज्ञासाहरू अमेरिकी विदेश मन्त्रालयको बालबालिकासम्बन्धी मुद्दा हेर्ने विभाग (अफिस अफ चिल्ड्रेन्स इस्युज) लार्इ AskCI@state.gov मा पठाउन सक्नुहुन्छ ।
(Updated May 2018)