अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध छ । अन्तर्राष्ट्रिय, आन्तरिक तथा वैदेशिक कानून अनुरूप हाम्रो अधिकारक्षेत्र भित्र रहेसम्म हामी जेलमा रहेका अमेरिकी नागरिक र तिनका परिवारहरूको सहयोगका लागि हमेसा तयार छौं ।
नेपालको कानून उल्लङ्घन गर्ने जोकोही पनि स्थानीय कानूनी प्रणाली अन्तर्गत अभियोगको भागी हुन्छ । यदि नेपाली अदालतले कुनै पनि व्यक्तिलाई दोषी ठहराई जेल सजायको आदेश दिएको खण्डमा उक्त व्यक्तिले आफ्नो सजाय नेपाली कारागारमै कटाउनुपर्दछ । अमेरिकी राहदानी बोक्ने व्यक्तिलाई तत्सम्बन्धमा कुनै विशेषाधिकारको व्यवस्था गरिएको छैन । साथै विशेष छुट प्राप्त गर्ने वा अमेरिकी न्याय प्रणालीले प्रत्याभूति गरे अनुरूपका विभिन्न कानूनी अधिकार उपलब्ध हुने कुराको कसैले पनि अपेक्षा गर्नु हुँदैन ।
विदेशमा पक्राउ पर्नबाट जोगिनका लागि :
- नेपालका कानून तथा नियमहरूको पालना गर्नुहोस् ।
- नेपालका कानून ’bout बुझ्नुहोस्, जुन अमेरिकाका कानूनभन्दा भिन्न हुनसक्छन् । हामीले तत्सम्बन्धी सान्दर्भिक जानकारी नेपालको राष्ट्रविशेष पृष्ठमा उपलब्ध गराएका छौं ।
यदि तपार्इं वा तपार्इंले चिन्ने अमेरिकी नागरिक विदेशमा पक्राउ परेमा :
- जेलका अधिकृतलार्इ अमेरिकी दूतावासमा खबर गर्न लगाउनुहोस् ।
- तपाईं आफैले पनि सिधै दूतावासलार्इ सम्पर्क गरी गिरफ्तारी ’bout जानकारी दिन सक्नुहुन्छ । तपाईंले दूतावासको अमेरिकी नागरिक सेवा इकाइलाई +९७७-१-४२३-४००० मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ ।कार्यालय समयभन्दा बाहिर सम्पर्क गर्दा अमेरिकी दूतावासको कन्सुलर शाखा सम्बद्ध जानकारी तथा सेवा फाराम भर्नुहोला । अमेरिकी नागरिक सेवा इकाइले त्यसको भोलि पल्टको कार्यालय खोल्ने दिनमा नयाँ मुद्दा खोल्नेछ र तपाईंलाई सकेसम्म चाँडो सम्पर्क गर्नेछ ।
अमेरिकी बन्दीहरूका लागि कन्सुलर सेवा :
जब कुनै अमेरिकी नागरिक विदेशमा पक्राउ पर्छ, ऊ शुरुशुरुमा अल्मलिन र हराएजस्तो महशुस गर्नसक्छ । त्यस्तो बन्दीलाई अझ बढी गाह्रो किन पनि हुन्छ भने ऊ अपरिचित वातावरणमा हुन्छ र उसले स्थानीय भाषा, रीतिरिवाज वा कानूनी व्यवस्था बुझेको नहुनसक्छ ।
हामीले यसरी मद्दत गर्न सक्छौं :
- अङ्ग्रेजी भाषा बोल्ने स्थानीय वकिलहरूको सूची प्रदान गर्न सक्छौं ।
- हिरासतमा रहेको अमेरिकी नागरिकको लिखित मन्जुरीमा उसको परिवार, साथीभाइ वा रोजगारदातालाई सम्पर्क गरिदिन्छौं ।
- जेलमा रहेका अमेरिकी नागरिकलाई नियमित रूपमा भेट्न जानुका साथै उपयुक्त भएसम्म पठनपाठनका सामग्री र भिटामिन समेत प्रदान गर्छौं ।
- जेलका अधिकारीहरूले उचित स्वास्थ्य सेवा उपलब्ध गराए नगराएको सुनिश्चित गर्छौं ।
- स्थानीय फौजदारी न्याय प्रणाली’bout सामान्य जानकारी प्रदान गर्छौं ।
- अनुरोध गरिएको खण्डमा कैदीले मान्ने धर्मका पादरी, धर्मगुरु जस्ता धार्मिक व्यक्तित्वहरूसँग भेट गराइदिन्छौं ।
- Overseas Citizen Services (OCS) Trust (प्रवासी नागरिक सेवा कोष) को स्थापना गर्नसक्छौं, जसमा साथीभाइ तथा परिवारजनले कैद अमेरिकी नागरिकका खाद्य, स्वास्थ्य तथा अन्य आवश्यकताहरूका लागि रकम जम्मा गर्न सक्नेछन् ।
हामीले गर्न नसक्ने कुराहरू :
- अमेरिकी नागरिकलाई विदेशी जेलबाट निकाल्न सक्दैनौं ।
- कुनै व्यक्ति दोषी वा निर्दोष छ भनेर अदालतमा बयान दिन सक्दैनौं ।
- विदेशका अदालतमा अमेरिकी नागरिकलाई कानूनी सल्लाह दिन वा उसको पक्षमा लड्न सक्दैनौं ।
- आधिकारिक दोभाषे वा अनुवादकका रूपमा कार्य गर्न सक्दैनौं ।
- विदेशमा रहेका अमेरिकी नागरिकको कानूनी, स्वास्थ्यसम्बन्धी वा अन्य शुल्क व्यहोर्न सक्दैनौं ।
- कैदीको अनुमति बिना उनीहरूको जानकारी अरुसँग खुलासा गर्न सक्दैनौं ।