अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज काठमाडौँ आउँदै
काठमाडौँ – दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आफ्नो दुई दिने भ्रमणको पूर्वसन्ध्यामा आज काठमाडौँ आउँदै हुनुहुन्छ । काठमाडौँ बसाइका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुनेछ ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप-सहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भोलि काठमाडौँ आउँदै हुनुहुन्छ । उहाँले नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्नुहुनेछ ।
अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन लागेको हो । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ ।
###