अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालको नेपाल भ्रमण सम्पन्न

२०७३ भाद्र  २०

काठमाडौं — दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालले आज आफ्नो दुईदिने नेपाल भ्रमण समापन गर्नुभयो ।

राजनीतिक, ब्यवसायी र नागरिक समाजका नेताहरुसँगको भेटमा विश्वालले नेपालको अगाडि रहेका चुनाव देखि संक्रमणकालीन न्यायसम्मका बिषयमा छलफल गर्नुभयो। वहाँले प्रधान मन्त्री र अन्य सरकारका अधिकारिहरुसँगको भेटमा नेपाल तथा संयुक्त राज्य अमेरिका बिच रहेको सहकार्यको निरन्तरता लाई प्रोत्साहन गर्नु भयो। भुकम्पपछीको पुनर्निर्माणमा भईरहेको प्रगती को अवलोकन गर्नु का साथै, आर्थिक अवसरहरुका ’boutमा कुरा तथा अन्य अमेरिकाले सहयोग गर्नसक्ने क्षेत्रका ’boutमा पनि छलफल गर्नु भयो।

“नेपालमा लोकतान्त्रिक पद्धतीको स्थापनाद्वारा समवेशी संरचना, ब्यवसाय उपयुक्त बातावरणको निर्माण गर्दै विकास र पुनर्निर्माण मा केन्द्रित हुन अमेरिकी सरकार नेपाली जनता तथा नेपाल सरकारसँग नजिकबाट सहकार्यलाई निरन्तरता दिने छ,” वहाँले भन्नु भयो।

संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्र, समृद्धि र स्थायित्वको लागि सदैव सहयोग जारी राखी राखेको छ।

###