काठमाडौंस्थित अमेरिकी दूतावासको लिलामीसम्बन्धी पृष्ठमा तपाईंलाई स्वागत छ । यस अनलाइन लिलामी वेबपेजमार्फत अमेरिकी दूतावासले आफ्ना पुराना समानहरू लिलामी गर्दछ । म्याद सकिने अन्तिम मिति / समयभित्र प्राप्त बोलपत्रहरू मात्र स्वीकृत हुनेछन् ।
प्रक्रियालाई निष्पक्ष एवम् न्यायोचित बनाउनका निम्ति लिलामीका सामानलार्इ व्यक्तिगत रूपमा अवलोकन गर्न दिइने छैन । बोलपत्रदाताहरूका लागि वेबपेजमा साझा रूपमा उपलब्ध गराइएको जानकारी मात्र उपलब्ध हुनेछ । बिक्रीका लागि सूचीकृत समानहरू काम गर्ने नगर्ने वा तिनको अवस्था’bout कुनै वारेन्टी वा ग्यारेन्टी हुने छैन । खरिद गर्नु अगाडि कृपया बिक्रीका नियम तथा शर्तहरू पढ्नुहोला ।
आफूले खरिद गर्ने सामानको रकम भुक्तानी नगर्ने सफल बोलपत्रदाताहरूलाई एक वर्षसम्म लिलामीमा सहभागी हुनबाट वञ्चित गरिनेछ । भुक्तानी नभएका उक्त सामानहरू अर्को लिलामीमा पुनः सूचीकृत गरिनेछ :
- अनलाइनमार्फत कसरी बोलपत्र बुझाउने
- रकम भुक्तानी कसरी गर्ने ?
- बारम्बार सोधिने प्रश्न
- नियम तथा शर्तहरू
लिलामीसम्बन्धी जानकारी’bout अद्यावधिक रहन हाम्रो वेबसाइट चेक गरिराख्नुहोला ।