Flag

An official website of the United States government

जन्म
6 MINUTE READ
जुलाई 21, 2021

नयाँ बच्चा पाउनुभएकोमा तपाईंलाई बधाई छ । यस पेजमा भएको सूचना पढिसकेपछि अमेरिकी नागरिकको रूपमा तपाईंले विदेशमा छँदा बच्चा जन्माउनुभएको सम्बन्धमा रिपोर्ट गर्न अनलाइन अपोइन्टमेन्ट लिन सक्नुहुनेछ । यहाँ दिइएका सूचनाले तपाईंलाई बच्चा जन्मसम्बन्धमा अन्तर्वार्ता दिन दूतावासमा आउनुअघि केके तयारी गर्नुपर्छ भन्ने कुराको जानकारी दिनेछ र तपाईं अनावश्यक ढिलाइ वा दूतावासमा व्यर्थको भ्रमण गर्नबाट जोगिनुहुनेछ ।

कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी अवधि भौतिक रूपमा अमेरिकामा बिताई अमेरिकी नागरिक बनेपछि उनीहरूबाट विदेशमा जन्मिएका सन्तानमध्ये अधिकांश अमेरिकी नागरिक हुन योग्य हुन्छन् । यसका लागि प्रथमतः कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (Consular Report of Birth Abroad (CRBA)) का लागि आवेदन दिनुपर्छ, जसका आधारमा उक्त सन्तान जन्मको आधारमा अमेरिकी नागरिकको सन्तान हो भन्ने प्रमाणपत्र दिइन्छ । अमेरिकी नागरिकताको उत्तराधिकार तथा नागरिकता दाबीसम्बन्धी व्यवस्थाका लागि हेर्नुहोला :

अधिकांश आवेदकले CRBA सँगै नाबालकका लागि अमेरिकी पासपोर्ट पाऊँ भनी पनि आवेदन गर्नुहुन्छ । आवश्यक फारमहरू दूतावासमा पाइन्छन्, तर Pictorial Checklist for CRBA and Passport applications (PDF 2MB) हेरी तपाईंले आफ्नो अपोइन्टमेन्टको बेलामा पेश गर्ने आवेदन तथा निजामति दस्तावेजहरू अगाडि नै तयार पार्न पार्न सक्नुहुनेछ ।

साधारणतया त्यसको दुई हप्‍तापछि पासपोर्ट तयार हुन्छ, जुन तपाईंले दूतावासबाट लिन सक्नुहुनेछ । CRBA प्रमाणपत्र पनि सामान्यतया सोही अवधिमा तयार हुन्छ, तर कहिलेकाहीं केही बढी समय पनि लाग्नसक्छ । आफ्नो बच्चाको पासपोर्ट र CRBA प्रमाणपत्र लिइसकेपछि तपाईंले उसको सामाजिक सुरक्षा कार्ड (Social Security Card) का लागि आवेदन दिनसक्नुहुनेछ । यो प्रक्रिया अमेरिकामा गई पुरा गर्न सकिनेछ । अथवा तपाईंले आवेदन फारम (SS-5-FS) को प्रमाणित प्रति फिलिपिन्सको मनिलास्थित क्षेत्रीय कार्यालयमा पनि पठाउन सक्नुहुनेछ । कृपया ध्यान दिनुहोला, उक्त SS-5-FS फारम पुरै भर्नुपर्नेछ र त्यसमा तपाईंले हस्ताक्षर गर्नुपर्नेछ । त्यो फारमको १६औं लाइनमा तपाईंले अमेरिकाको पत्राचार ठेगाना उल्लेख गर्नुपर्नेछ । अमेरिकी दूतावास, काठमाडौँले SS-5 आवेदन पेश गर्नका लागि आवश्यक कागजातका प्रमाणित प्रतिहरू उपलब्ध गराउन सक्दछ । यससम्बन्धमा थप जानकारीका लागि एसएसए (SSA) को अन्तर्राष्ट्रिय कार्यक्रम कार्यालय (Office of International Programs) को वेबसाइट https://www.ssa.gov/international/  हेर्नुहोला अथवा fbu.manila@ssa.gov मा ईमेल गर्नुहोला।

कृपया ध्यान दिनुहोला, अन्तर्वार्ताका लागि तपाईंको बच्चा र आमाबुबा दुवै अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ । आमाबुबामध्ये एक वा दुवै उपस्थित हुन नसक्ने खण्डमा तपाईंले consktm@state.gov मा अग्रिम ईमेल गर्नुपर्नेछ र यससम्बन्धमा थप कागजात उपलब्ध गराउनु पर्दछ । CRBA Checklist (PDF 2MB) हेर्नुहोला ।

आफ्नो बच्चाको कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (Consular Report of Birth Abroad) का लागि आवेदन गर्न तपाईंले निम्न कागजात तयार पार्नुपर्नेछ :

  • कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (Consular Report of Birth Abroad) का लागि पुरै भरिएको आवेदन फारम (DS-2029) बुझाउनु पर्नेछ । बच्चा जन्मिनुअघि अमेरिकी नागरिकता भएको बाबु वा आमाले आफू अमेरिकामा भौतिक रूपमा उपस्थित रहेको र बसेको अवधि तथा स्थानसम्बन्धी विस्तृत जानकारी DS-2029 को दफा २४ मा प्रदान गर्नुपर्नेछ । अमेरिकी नागरिकता भएको आमा वा बाबु अन्तर्वार्तामा उपस्थित हुन नसक्ने अवस्थामा निजले फारम अमेरिकामा नोटरी पब्लिकका सामुन्ने वा अमेरिकी दूतावासमा भर्नु र हस्ताक्षर गर्नुपर्नेछ । स्थानीय नोटरीलाई मान्यता प्रदान गरिने छैन । अन्तर्वार्ताका बेला पेश गरिने DS-2029 को सक्कल प्रति पठाउनुपर्नेछ ।
  • पुरै भरिएको (तरहस्ताक्षर नगरिएको) अमेरिकी पासपोर्टका लागि आवेदन DS-11 फारम बुझाउनु पर्नेछ ।
  • अमेरिकी नागरिकता भएका आमाबाबुमध्ये दुवै वा एक जना अन्तर्वार्ताका बेला उपस्थित हुन नसक्ने हो भने निजलेDS-3053 फारम (Statement of Consent) भर्नुपर्नेछ । यसरी भरेको फारममा अमेरिकामा नोटरी पब्लिकका सामुन्ने वा अमेरिकी दूतावासमा हस्ताक्षर गर्नुपर्नेछ । स्थानीय नोटरीलाई मान्यता प्रदान गरिने छैन । अन्तर्वार्ताका बेला पेश गरिने DS-3053 को सक्कल प्रति र आफ्नो फोटोसहितको सरकारी परिचयपत्रको छायाप्रति पठाउनुपर्नेछ ।
  • सेतो पृष्ठभूमिमा हालै खिचिएको २ इन्च X २ इन्च साइजको एक प्रति रङ्‌गिनफोटो । बच्चाले अगाडि हेरेको हुनुपर्छ र बच्चाको टाउको र आँखा प्रष्ट रूपमा देखिएको हुनुपर्छ । बच्चाले फोटोमा आँखा चिम्लिएको भएमा समेत त्यस्तो फोटो स्वीकार गरिनेछ ।
  • अस्पालद्वाराजारी बच्चाको जन्मको प्रमाणपत्रको सक्कल प्रति (नेपालमा यस्तो प्रमाणपत्रमा बच्चाको नाम प्रायः उल्लेख गरिएको हुँदैन) ।
  • नगरपालिका वा गाउँपालिकाको वडा कार्यालयबाटअनुसूचि १२ अनुसार जारी गरिएको बच्चाको जन्मदर्ताको प्रमाणपत्रको सक्कल प्रति ।
  • बच्चा जन्मिनुअघि अमेरिकी नागरिक बाबु वा आमा पाँच वर्ष भौतिक रूपमा अमेरिकामा उपस्थित रहेको/बसोबास गरेको प्रमाण बुझाउनु पर्नेछ । यस्तो प्रमाणमा निम्न लगायतका कागजातहरू पर्न सक्नेछन् :
  • भ्रमण गर्ने बेलाका प्रष्ट र व्यवस्थित आगमन तथा बहिर्गमन छापहरू
  • विदेश भ्रमणको अभिलेख स्वरूप विगतका भिसा छापहरू
  • विद्यालयको रेकर्ड
  • घरभाडा तिरेको कागज
  • सम्पत्तिसम्बन्धी कागजात
  • सवारी दर्ता
  • व्यावसायिक अनुमति पत्र
  • खोप वा अन्य मेडिकल रेकर्ड
  • बत्ती, पानी आदिको बिल
  • रोजगारीको रेकर्ड
  • विद्यालयका आधिकारिक ट्रान्सक्रिप्टहरू
  • सैन्य रेकर्ड
  • W2/तलबको लिखत
  • अमेरिकामा जन्मेका बालबालिकाका जन्मदर्ता प्रमाणपत्र
  • आमाबाबुको फोटो भएको परिचयपत्र अथवा नागरिकता (पासपोर्ट भए राम्रो) ।आमाबाबुको विवाह दर्ताको प्रमाणपत्रको
  • सक्कल प्रति (लागु भएमा) ।आमाबाबुको पुरानो विवाहको सम्बन्धविच्छेद वा मृत्युको प्रमाणपत्र (लागु भएमा) ।
  • अदालती कागजात (लागु भएमा) ।

आवेदन फारममा कन्सुलर अधिकृतका अगाडि हस्ताक्षर गर्नुपर्नेछ ।

आवेदनउपरको कार्यवाहीका क्रममा थप कागजात आवश्यक परेमा अन्तर्वार्ताको समयमा उक्त कागजातका लागि आग्रह गरिनेछ । आवेदन पेश गरेको दिनको नब्बे (९०) दिनभित्र थप कागजात प्राप्‍त भइसक्नुपर्नेछ । यदि जानकारी प्राप्‍त नभएमा वा प्राप्‍त जानकारीले अमेरिकी नागरिकता प्राप्‍त गर्नका लागि पर्याप्‍त आधार स्थापित नगरेमा आवेदन अस्वीकृत हुन सक्नेछ र सक्कल कागजातहरू फिर्ता गरिनेछन् । कानुनअनुसार पासपोर्ट र आवेदनका लागि लाग्ने शुल्क शोधभर्ना गरिने छैन र सो शुल्क अमेरिकी क्रेडिट कार्डबाट अथवा अमेरिकी डलर वा नेपाली रुपैयाँमा तिर्न सकिनेछ । 

Consular Report of Birth Abroad का लागि आवेदन शुल्क अमेरिकी डलर १०० 

पासपोर्टका लागि आवेदन शुल्क अमेरिकी डलर ११५

तपाईंले Consular Report of Birth Abroad पहिल्यै लिइसक्नुभएको छ भने नक्कल प्रतिका लागि यहाँ आवेदन दिन सक्नुहुनेछ : http://travel.state.gov/passport/get/first/first_825.html

थप प्रश्न भए consktm@state.gov मा ईमेल गर्नुहोला । 

(जुलाई १२२०१९ मा अद्यावधिक गरिएको)