व्यापार

राजदूतबाट सन्देश

अमेरिकी दूतावास हाम्रो वेबसाइटको व्यापार पृष्ठमा तपाईंलाई स्वागत गर्दछ । नेपालमा गृहयुद्धको अन्त्य र बढ्दो राजनीतिक स्थिरतासँगै अमेरिकी व्यावसायहरूका लागि नेपालमा कारोबार तथा लगानी गर्ने उल्लेखनीय अवसरहरू खुलेका छन् । अमेरिकी कम्पनीहरू नेपालमा सफल रूपमा काम गरिरहेका छन् र उक्त संख्या बढ्ने क्रममा छ । अमेरिकी कम्पनीहरूका लागि नेपालमा जलविद्युत, सौर्य ऊर्जा, आधारभूत संरचना, कृषि व्यापार, सूचना प्रविधि, पर्यटन र नागरिक उड्डयन लगायत विभिन्न क्षेत्रहरूमा कार्य गर्ने अवसरहरू छन् ।

हामी अमेरिकी कम्पनीहरूलाई नेपालमा वस्तु तथा सेवाहरू निर्यात गर्न र लगानीका अवसरहरू पहिचान गर्न मद्दत गर्न कटिबद्ध छौं । यस पृष्ठमा नेपालको व्यापारिक वातावरण ’bout विस्तृत जानकारी उपलब्ध गरिएको छ । नेपाल सरकार हाल व्यापार र लगानीसम्बन्धी आफ्ना नीतिहरू पुनरावलोकन गर्ने क्रममा रहेको हुनाले तत्सम्बन्धी आफूलाई अद्यावधिक गर्नका लागि हाम्रो वेबसाइट र यसमा उपलब्ध गराइएका लिङ्कहरू बेलाबखत हेरिराख्नुहोला । यहाँ उल्लेख गरिएका दूतावासका अधिकृतहरू तपाईंको कम्पनीको सहयोगका लागि आवश्यक जानकारी प्रदान गर्न तयार छन् ।

यस विषयमा चासो देखाउनु भएकोमा फेरि पनि धन्यवाद र हामी तपाईंलाई नेपालमा व्यापार गर्न सहज बनाउनतर्फ उन्मुख छौं ।