अमेरिकामा व्यापार सुरु

यस पृष्ठमा अमेरिकामा लगानी गर्न चाहने नेपालका कम्पनीहरूका लागि उपलब्ध स्रोतहरू ’bout संक्षिप्‍त विवरण तथा अमेरिकामा कसरी व्यापार सुरु गर्ने भन्ने ’bout केही सुझावहरू प्राप्त गर्न सक्नुहुन्छ ।

अमेरिकामा लगानी

अमेरिकालाई विश्‍वकै मुख्य व्यापारिक गन्तव्यको रूपमा परिचित गराउन तथा व्यावसायिक लगानीसँग सम्बन्धित संघीय तहका कार्यक्रम तथा सेवाहरूमा सहज पहुँच प्रदान गराउनका निम्ति राष्ट्रपति ओबामाले सिलेक्ट युएसए पहल (SelectUSA initiative) को घोषणा गर्नुभएको थियो । SelectUSA हाम्रा राज्यका गतिविधिहरूलाई टेवा पुर्‍याउन डिजाइन गरिएको हो ’cause राज्यका गतिविधिहरू अमेरिकाको आर्थिक विकासमा प्राथमिक चालकका रूपमा रहेका छन् ।

व्यापार सुरु 

अमेरिकी सरकारले प्रदान गर्ने सेवाहरू सक्दो राम्ररी उपयोग गर्नका लागि कुनै पनि सम्भावित लगानीकर्ताले निम्न व्यावहारिक कदमहरू अपनाउन हामी सुझाव दिन्छौं ।

अमेरिकामा लगानी गर्नेसम्बन्धी सामान्य जानकारी प्राप्‍त गर्न SelectUSA.gov वेबसाइटमा जानुहोस् । अमेरिकालाई व्यापार र लगानीको गन्तव्य बनाउँदा के कस्ता फाइदाहरू हुन्छन् भन्ने ’bout जानकारी वेबसाइटमा प्राप्त गर्न सक्नुहुन्छ । व्यापक आन्तरिक बजार र पारदर्शी कानूनी प्रणालीदेखि विश्कै सबैभन्दा अभिनव कम्पनीहरू भएको राष्ट्र अमेरिका व्यापारको लागि निकै आकर्षक गन्तव्यस्थल हो । विभिन्न राज्य तथा शाषित क्षेत्र (territories) हरूले व्यावसायहरूलाई प्रदान गर्ने छुटहरू ’bout पनि वेबसाइटमा पढ्न सक्नुहुन्छ ।

आफूसँग भएका चासोका विषय तथा आवश्यकताहरू ’bout छलफल गर्नका लागि हामीलार्इ अमेरिकी दूतावासमा सम्पर्क गर्नुहोला ।

राज्य सरकारका स्रोतहरू ’bout थप जानकारी लिनका लागि असोसिएशन अफ स्टेट अफिसेस ओभरसिज (Association of State Offices Overseas) को नजिकैको कार्यालयमा सम्पर्क गर्नुहोला ।