व्यवसायीलार्इ उपयोगी लिंकहरू

  • बी.आइ.डी.एस. : व्यावसायिक सूचना डेटाबेस प्रणाली (बी.आइ.डी.एस.) ले वैदेशिक सरकार वा बहुराष्ट्रिय विकास बैंकहरूको खरिद प्रक्रियासम्बन्धी सूचना निरन्तर अद्यावधिक गरिरहेको हुन्छ । अमेरिकी व्यवसायीहरूले यसमा उपलब्ध इन्टरयाक्टिभ नक्साको माध्यमद्वारा निर्यातका ती नयाँ अवसरहरूको ’boutमा जानकारी पाउँछन्, जसको जाँच अमेरिकी सरकारका आर्थिक र वैदेशिक व्यवसायका विज्ञहरूले गरिरहेका हुन्छन् । सार्वजनिक र निजी व्यवसायहरूले बी.आइ.डी.एस. को डेटा लिंक गरी वा डाउनलोड गरी साझेदारको छनौट, विश्‍लेषण, वा अन्य प्रयोजनका लागि उपयोग गर्न सक्छन् ।
  • अमेरिकी व्यवसायको सीधा सम्पर्क : अमेरिकी व्यवसायको सीधा सम्पर्क (डिरेक्ट लाइन फर अमेरिकन बिजनस) कार्यक्रमले अमेरिकी व्यवसायी र विदेशमा रहेका अमेरिकी राजदूत र कूटनीतिक अधिकारीहरूबीच सम्पर्क स्थापित गराउँछ, जसका माध्यमबाट व्यवसायीहरू हाम्रो मिसनको ‘कन्ट्री टिम’ को अंग हुनुहुनेछ । तपाईंले निरन्तर अद्यावधिक गरिएका व्यावसायिक महत्वका सूचना यहाँबाट पाउनुहुनेछ र व्यापार विस्तारका लागि नयाँ क्षेत्र र अवसरहरूको ’boutमा जानकारी पाउनुहुनेछ ।
  • बिजनस युएसए.जीओभी : बिजनस युएसए ह्वाइट हाउसद्वारा शुरु गरिएको एक कार्यक्रम हो जसले अमेरिकी सरकारका तर्फबाट व्यवसायहरूका लागि आवश्यक सूचना र सहयोग उपलब्ध गराउन इलेक्ट्रोनिक क्लियरिङ हाउसको काम गर्छ ।