विदेशी सुरक्षा सल्लाहकार परिषद्

वैदेशिक सुरक्षा सल्लाह परिषद् (ओभरसीज सेक्युरिटी एड्भाइजरी काउन्सिल, ओ.एस.ए.सी.) सन् १९८५ मा फेडरल एड्भाइजरी कमिटी एक्ट अन्तर्गत स्थापना गरिएको थियो । यसको उद्देश्य सुरक्षा चासोका विषयहरूमा अमेरिकी विदेश विभाग र अमेरिकी निजी क्षेत्रका बीच समन्वय स्थापित गर्ने हो । ओ.एस.ए.सी. एक अन्त्यन्तै सफल संयुक्त पहलका रूपमा स्थापित भएको छ । यसले अमेरिकी कम्पनी र संस्थाहरूलाई ती उपायहरू उपलब्ध गराउँछ जो उनीहरूलाई विदेशमा आउनसक्ने सुरक्षा चुनौतीको सामना गर्न आवश्यक हुन्छ । ओ.एस.ए.सी. विदेशमा सञ्चालित अमेरिकी वा आबद्ध निजी क्षेत्रका संस्थाका लागि उपलब्ध नि:शुल्क सेवा हो ।

ओ.एस.ए.सी. ले समन्वयकारी भूमिका खेल्दै अमेरिकी निजी क्षेत्रलाई सम्भावित सुरक्षा जोखिमको पूर्वआँकलन गर्न सहयोग गर्छ । यसले निजी क्षेत्रका व्यक्तिहरू, संरचना, लगानी, सरोकार, र बौद्धिक सम्पत्तिमाथि आउनसक्ने खतराको अनुमान र निगरानी गर्ने काम गर्छ । समयोचित र कार्यान्वयनमा ल्याइहाल्न सकिने सुरक्षासम्बन्धी सूचना उपलब्ध गराउनुका अतिरिक्त ओ.एस.ए.सी. ले नयाँ बजारको विस्तारमा सहयोग पुर्‍याउँछ, जसका लागि यसले वर्तमान र भविष्यमा देखापर्ने सुरक्षा परिवेशको आँकलन गरिरहेको हुन्छ । सरोकारवालालाई सुरक्षासम्बन्धी महत्त्वपूर्ण सूचना सही समयमा उपलब्ध गराउन र विदेशमा तीव्र रूपमा विकसित सुरक्षा चुनौतीहरूको दक्षतापूर्वक विश्‍लेषण गरी सदस्यहरूको प्रश्‍नको उत्तर दिन ओ.एस.ए.सी. हप्‍ताको सातै दिन, दिनको चौबीसै घण्टा क्रियाशील रहन्छ ।

आफ्नो वेबसाइट www.OSAC.gov मार्फत ओ.एस.ए.सी.ले आफ्ना सदस्यहरूलाई सुरक्षासँग सम्बन्धित अद्यावधिक सूचनाहरू, सार्वजनिक सूचनाहरू, कन्सुलर अफेयर्स बुलेटिन, ट्राभल एड्भाइजरी, महत्त्वपूर्ण दिवसहरूको जानकारी, आतङ्ककारी समूहहरूको प्रोफाइल, राष्ट्रहरूको अपराध र सुरक्षा अवस्थाको प्रतिवेदन, विषयगत प्रतिवेदनहरू, वैदेशिक प्रेस रिपोर्ट लगायतका कैयौं जानकारी उपलब्ध गराउँछ । ओ.एस.ए.सी.को सूचना आदनप्रदान संयन्त्रमा अन्तर्राष्ट्रिय सुरक्षा अनुसन्धानविद्हरु समेत सम्मिलित छन्, जसको मुख्य उद्देश्य अमेरिकी निजी क्षेत्रको सरोकारको रक्षा गर्नु हो । यसका अतिरिक्त ओ.एस.ए.सी.ले विश्‍वभर ‘कन्ट्री काउन्सिल’ हरू सञ्चालन गर्छ जहाँ दूतावास र स्थानीय अमेरिकी समुदायले सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान गर्छन् ।

थप सूचना वा आबद्धताका लागि, ओ.एस.ए.सी.को वेबसाइट हेर्नुहोला : www.OSAC.go