Flag

An official website of the United States government

व्यापार-व्यवसाय

सिंहावलोकन

अमेरिकी वस्तु तथा सेवा, सरकारी आपूर्ति सामग्री र विभिन्न आधारभूत संरचनाका क्षेत्रमा लगानीका लागि नेपाल सानो भए तापनि विशाल सम्भावना बोकेको बजारको रूपमा रहेको छ । यद्यपि नेपालमा व्यापार गर्न चुनौतीहरू छन् । सरकारको निर्णय गर्ने प्रक्रिया, बैंकिङ्ग प्रणाली, विदेशी विनिमय व्यवस्था र श्रमका मुद्दाहरू विदेशी निर्यातकर्ता तथा लगानीकर्ताका लागि प्रायः विशाल चुनौतिका रूपमा खडा हुने गर्छन् । काठमाडौंस्थित अमेरिकी दूतावासको इकोनोमिक/कमर्सियल अफिसले कुनै पनि अमेरिकी व्यावसायलाई नेपालमा व्यापार तथा लगानी गर्नेसम्बन्धी जानकारी प्रदान गर्दछ । अमेरिकी व्यावसायहरूलाई नेपालमा आफ्नो व्यापार परियोजना थालनी गर्नुअघि दूतावासका इकोनोमिक/कमर्सियल अफिसरहरूलाई सम्पर्क गर्न आग्रह गर्दछ । काठमाडौंस्थित अमेरिकी दूतावासले वार्षिक रूपमा अद्यावधिक गर्ने लगानीको वातावरणसम्बन्धी विवरण (Investment Climate Statement) र नेपाल राष्ट्र विशेष व्यापारिक निर्देशिका (Country Commercial Guide, Nepal) व्यापारसम्बन्धी आधारभूत एवम् उपयोगी जानकारीका विशेष स्रोत हुन् । यी दुवै दस्तावेजहरू काठमाडौंस्थित अमेरिकी दूतावासको व्यापारसम्बन्धी अनलाइन पृष्ठमा उपलब्ध छन् ।

नेपालमा व्यावसाय सुरु गर्ने वा व्यावसायमा लगानी गर्ने वा सरकारी वा निजी व्यावसायिक इकाईहरूसँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने जस्ता प्रक्रियाहरू प्रशासनिक तथा कानूनी रूपमा जटिल हुने हुनाले हामी तपाईंलाई व्यापार क्षेत्र हेर्ने स्थानीय वकिल प्रयोग गर्न सल्लाह दिन्छौं । नेपाली बजारमा भरखर प्रवेश गरेका अमेरिका व्यावसायहरूका लागि भरपर्दो स्थानीय व्यावसायिक साझेदार महत्त्वपूर्ण एवम् उपयोगी साबित हुनसक्छ भने केही अवस्थामा त्यस्तो साझेदारी अनिवार्य समेत हुनसक्छ ।

हामीलाई सम्पर्क गर्नुहोस्

डेप्युटी पोलिटिकल/इकोनोमिक चिफ:
डेभिड बी. तलक
TullochDB@state.gov

आर्थिक/वाणिज्य अधिकृत:
माली रिभेरा-ओल्ड्स
Rivera-OldsM@state.gov

इकोनोमिक/कमर्सियल स्पेसलिस्ट:
अभिषेक बस्न्यात
BasnyatAP@state.govv

Tel.: +977 1 423 4000