क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्रको निर्माण सुरु

२०७२ माघ १

नेपाल भूकम्प सुरक्षा दिवसको अवसरमा आज अमेरिकी दूतावासले नेपाल सरकारसँग साझेदारी गर्दै १२ लाख अमेरिकी डलर लागतको क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरएमसी) तथा गोदामको शिलान्यास गरेको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा काठमाडौँको छाउनी ब्यारेकमा बन्न लागेको लागेको आरएमसी को निर्माण कार्य सन् २०१७ को मार्चमा सम्पन्न हुने योजना रहेको छ ।

विपद्‍को घडीमा राहत, खोजी तथा उद्धार र विपद्‍पछिका कार्य (जस्तै भग्नावशेष हटाउने) को व्यवस्था गर्नका लागि आरएमसी मा नागरिक तथा सैन्य कर्मचारीहरूले स्टाफको काम गर्नेछन् । आरएमसी र गोदामले नागरिक-सैन्य साझेदारहरूलाई अझ राम्रोसँग प्रतिकार्य तथा सञ्‍चार संयोजन गर्न सक्षम तुल्याउनेछ र विपद्‌बाट प्रभावित व्यक्तिहरूलाई सहायता तथा सामग्री वितरण गर्नेछ । आरएमसी को गोदाममा खोज तथा उद्धारकर्ताका लागि आवश्यक पर्ने आपतकालीन सामग्री तथा उपकरण राखिनेछ ।

विपद् तयारीसम्बन्धी नेपाल सरकारका प्रयत्‍नहरूलाई सहयोग गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ ।