Flag

An official website of the United States government

सम्पर्क ठेगाना

आकस्मिक सम्पर्क – सबै स्थान

आपत्कालीन अवस्थामा नेपाल प्रहरीलाई सम्पर्क गर्न १०० डायल गर्नुहोस् । आपत्कालीन
अवस्थामा सामान्यतया स्थानीय अधिकारीहरू नै सबैभन्दा छिटो तपाईँको सहयोगमा आउन
सक्छन् । आपत्कालीन अवस्थामा उपयोगी हुनसक्ने अन्य स्थानीय स्रोतका सम्पर्क जानकारी
यस वेबसाइटको आपत्कालीन सहयोग पृष्ठमा उपलब्ध छ ।
आपत्कालीन सहयोगको आवश्यकता परेका अमेरिकी नागरिकहरूले कुनै पनि समयमा
दूतावासलाई सम्पर्क गर्न सक्दछन् ।

नेपालमा अमेरिकी नागरिकको मृत्यु, पक्राउ वा अस्पताल भर्नासम्बन्धी आपत्कालीन घटना रिपोर्ट
गर्न नियमित कार्यालय समयमा +९७७-१-४२३-४००० मा कल गर्नुहोस् । अपरेटरलाई आपत्कालीन
अवस्था भएको जानकारी दिनुहोस् र अमेरिकी नागरिक सेवा इकाईमा ट्रान्सफर गर्न लगाउनुहोस्
। अमेरिकी तथा स्थानीय बिदाका दिन बाहेकमा, नियमित कार्यालय समय सोमबार देखि
शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ ।

बेलुका ५ बजेको समयपछि र शनिबार/आइतबार तथा बिदाका दिनमा माथिकै नम्बरमा कल गरी
अपरेटरलार्इ अमेरिकी नागरिकसम्बन्धी आपत्कालीन अवस्था बताउनुहोस् । आफूलार्इ ड्युटी
अफिसरसँग सम्पर्क गराउन भन्नुहोस् । ड्युटी अफिसर अमेरिकी नागरिकहरूको जीवन र
सुरक्षासँग सम्बन्धित आपत्कालीन अवस्थाहरूका लागि सदैव अन-कल (on call) उपलब्ध हुन्छन्
तर उनले भिसासम्बन्धी जिज्ञासा वा अन्य नियमित सेवा सम्बन्धमा भने तपाईँलार्इ कुनै पनि
तवरबाट सहयोग गर्न सक्दैनन् ।

अमेरिकी विदेश मन्त्रालयको अफिस अफ ओभरसीज सिटिजन्स सर्भिसेस पनि तपाईंको मद्दतका
लागि तत्पर रहन्छ । अमेरिका र क्यानडाबाट फोन गर्दा +१-८८८-४०७-४७४७ मा र अन्य देशबाट
चाहिँ +१-२०२-५०१-४४४४ मा फोन गर्नुहोस् । विदेशमा रहेका अमेरिकी नागरिकका लागि अफिस
अफ ओभरसीज सिटिजन्स सर्भिसेसले के कस्ता आपत्कालीन सेवाहरू प्रदान गर्दछ भन्ने सामान्य
जानकारी यहाँ उपलब्ध छ ।

(“+” चिन्हले अन्तर्राष्ट्रिय कल गर्दा फोन नम्बर अगाडी थप्नुपर्ने अङ्क जनाउँछ, जुन अमेरिकाको
लागि ०११ रहेको छ भने प्रायः अन्य देशको लागि ०० रहेको छ । उदाहरणको लागि, अमेरिकाबाट
नियमित कार्यालय समयमा सम्पर्क गर्दा ०११-९७७-१-४२३-४००० मा फोन गर्नुपर्छ ।)

अमेरिकी दूतावास काठमाडौं

दूतावास बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म खुल्छ । केही नेपाली बिदा र अमेरिकी बिदाहरूको दिन दूतावास बन्द हुन्छ ।

अमेरिकी दूतावास
महाराजगञ्ज, काठमाडौँ, नेपाल
फोन: ९७७-१-४२३-४०००
फ्याक्स: ९७७-१-४००-७२७२
ईमेल: usembktm@state.gov

कन्सुलर शाखा
Consular Section
Tel.: +977 1 423 4500
Fax: +977 1 400 7281
U.S. Embassy Consular Information & Service MS Form:

पब्लिक अफेयर्स शाखा
फ्याक्स: ९७७-१-४००-७२८०
ईमेल:kathmandumedia@state.gov
Facebook | Flickr | YouTube

अमेरिकन सेन्टर
kathmandupdlibrary@state.gov