कुनै पनि परिवार वा साथीका लागि आफ्नो प्रियजनको मृत्यु एक दुःखदायी घडी हो । नेपालमा मृत्यु हुँदा के कस्ता विकल्प छन् र के कस्ता प्रक्रिया अपनाउनु पर्दछ भन्ने ’bout दूतावासले मृतकको नजिकको नातेदारलार्इ जानकारी प्रदान गर्न सक्दो प्रयास गर्दछ । यस्तो दुःखद घडीमा हामी मृतक लगायत सबैलार्इ सम्मानका साथ व्यवहार गरियोस् भन्ने कुराको सुनिश्चित गर्न चाहन्छौं ।
नेपालमा अमेरिकी नागरिकको मृत्यु भएको खबर रिपोर्ट गर्नका लागि कृपया +९७७-१-४२३-४००० मा कार्यालय समयभित्र टेलिफोन गर्नुहोला । बेलुका ५ बजेको समयपछि र शनिबार/आइतबार तथा बिदाका दिनमा माथिकै नम्बरमा कल गरी अपरेटरलार्इ अमेरिकी नागरिकसम्बन्धी आकस्मिक अवस्था’bout बताउनुहोस् । आफूलार्इ ड्युटी अफिसरसँग सम्पर्क गर्न लगाइदिनुहोस् । ड्युटी अफिसर अमेरिकी नागरिकहरूको जीवन र सुरक्षासँग सम्बन्धित आकस्मिक अवस्थाहरूका लागि अन-कलमा बसेका हुन्छन् तर उनले भिसासम्बन्धी जिज्ञासा वा अन्य नियमित सेवाहरू’bout भने तपार्इंलार्इ सहयोग गर्ने छैनन् । यदि मुख्य नम्बर काम नगरेको खण्डमा तपार्इंले हाम्रो ब्याकअप नम्बर +९७७-०१-४००-७२०० मा पनि कल गर्न सक्नुहुन्छ । गैरआकस्मिक समस्याका लागि ConsKTM@state.gov मा ईमेल गर्नुहोला । कुनै पनि मृत्यु स्थानीय प्रहरीलार्इ समेत १०० मा डायल गरी खबर गरिनु पर्दछ ।
आकस्मिक सहायता आवश्यक नपरेको अवस्थामा पनि चाहे यहाँ बसोबास गर्ने होस् वा पर्यटक होस् कुनै पनि अमेरिकी नागरिकको मृत्यु ’bout दूतावासलाई खबर गरिनु पर्दछ ताकि विदेशमा अमेरिकी नागरिकको मृत्युसम्बन्धी कन्सुलर प्रतिवेदन जारी गर्न सकिनेछ । उक्त प्रतिवदेन अमेरिकामा कानूनी तथा सम्पत्तिसम्बन्धी मामला हल गर्न आवश्यक पर्दछ । उक्त दस्तावेज निम्न सामग्री बुझाइसकेपछि जारी गरिनेछ : मृतकको सक्कल प्रति राहदानी, मृत्युको कारण उल्लेख गरिएको अस्पताल वा चिकित्सकको रिपोर्टको सक्कल प्रति, र वडा कार्यालयबाट जारी गरिएको मृत्यु दर्ता प्रमाणपत्रको सककल प्रति । कृपया स्मरण गर्नुहोला, विदेशमा अमेरिकी नागरिकको मृत्युसम्बन्धी कन्सुलर प्रतिवेदन जारी गर्नुअघि कन्सुलर अफिसरले मृतकको राहदानी रद्द गर्नुपर्ने हुन्छ ।
विदेशमा मृत्यु भएका अमेरिकी नागरिकलाई स्वदेश पठाउनका निम्ति अमेरिकी विदेश मन्त्रालयले कुनै आर्थिक सहयोग प्रदान गर्दैन । तर मृतकको शव व्यवस्थापनको लागि मृतकको नेपालमा कोही नरहेको अवस्थामा भने अमेरिकी नागरिक सेवा इकाइले सम्पर्क व्यक्तिको रुपमा सहयोग गर्नेछ । हामीले नजिकको नातेदारलाई जानकारी प्रदान गर्ने, मृत्यु भएको देशभित्रका सम्बन्धित कार्यालयहरूलाई आवश्यक निर्देशन दिने, तथा शव व्यवस्थापनमा लाग्ने खर्चका लागि आउने निजी रकम स्थानान्तरण गर्न सहयोग पुर्याउँछौं । शव व्यवस्थापनका सम्बन्धमा अमेरिकी तथा स्थानीय कानून र अमेरिकी तथा विदेशी भन्सार नियम लागू हुन्छन् । साथै मृत्यु हुने देशमा उपलब्ध सेवाहरू अमेरिकाको भन्दा निकै भिन्न हुनसक्छ । नेपालमा शव व्यवस्थापनसम्बन्धी थप जानकारी तल उपलब्ध छ ।
(पछिल्लो पटक सेप्टेम्बर २०१७ मा अद्यावधिक गरिएको)