जेसन मिक्स बीस वर्षभन्दा लामो अनुभव भएका करियर कूटनीतिज्ञ हुनुहुन्छ । वरिष्ठ परराष्ट्र सेवाका सदस्य श्री मिक्स नोभेम्बर २०२२ देखि अमेरिकी दूतावास, काठमाडौँमा नियोग उप-प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ सन् २००९ देखि २०१२ सम्म काठमाडौँस्थित दूतावासमा राजनीतिक शाखाका प्रमुख हुनुहुन्थ्यो । श्री मिक्सले टर्की, केन्या, बुर्किना फासो, ताइवान र नेपाल लगायतका देशहरूमा काम गरिसक्नुभएको छ । वाशिङ्गटन, डी.सी. स्थित अमेरिकी विदेश मन्त्रालयमा उहाँ मन्त्रालयको कार्यसञ्चालन केन्द्रस्थित परराष्ट्र सेवाका महानिर्देशक र ग्लोबल ट्यालेन्ट म्यानेजमेन्टका निर्देशकका चिफ अफ स्टाफका रूपमा कार्यरत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट ब्यूरोमा अफ्रिका र मध्यपूर्वसम्बन्धी कार्यक्रमका लागि कार्यालय निर्देशक हुनुहुन्थ्यो ।
परराष्ट्र सेवामा प्रवेश गर्नुअघि श्री मिक्स विस्कन्सिन राज्य सभाका लागि विधायन सहयोगी हुनुहुन्थ्यो । उहाँले विस्कन्सिन-म्याडिसन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक र नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ । विस्कन्सिनका रैथाने बासिन्दा भएकोमा उहाँलाई गर्व छ । उहाँका दुई छोरीहरू हुनुहुन्छ र उहाँ वाणीसुधारक एरिका मिक्ससँग विवाहित हुनुहुन्छ ।