काठमाडौँ ।भ्लादिमिर पुटिनको युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा आज बौद्धनाथस्तूपमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिकअखण्डताप्रति आआफ्नो समर्थन जाहेर गर्नका लागि भेला हुनुभयो ।
स्विट्जरल्याण्ड, फिनल्याण्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, इजरायल, अष्ट्रेलिया, जापान, नर्वे, जर्मनीका राजदूतहरू लगायत नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूका साथै अन्तर्राष्ट्रिय श्रमसंगठनका निर्देशक र संयुक्त राष्ट्रसंघका कार्यवाहक आवासीय संयोजक, र न्यूजील्याण्ड, लाटभिया र युक्रेनका अवैतनिक महावाणिजयदुतहरू उक्त भेलामा सामेल हुनुहुन्थ्यो ।
आक्रमणको एक हप्तामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेर मौनधारण गरिएको थियो। कार्यक्रममा युक्रेनीराष्ट्रगान “युक्रेन अझै नष्ट भएको छैन” बजाइएको थियो भने विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सातदिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाउनुभएको थियो ।