शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी कार्यक्रम

सांस्कृतिक मामिला शाखा (कल्चरल अफेयर्स सेक्शन) ले नेपाल र अमेरिकाका जनताबीच पेशागत, प्राज्ञिक एवम् सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्ने खालका विभिन्न गतिविधिहरू सञ्चालन गर्दछ । यस शाखाले नेपाल सरकारसँग शिक्षा र संस्कृतिसम्बन्धी आधिकारिक काम कार्यवाहीहरूको सम्बन्धमा अमेरिकी दूतावासको प्रतिनिधित्व गर्दछ । कल्चरल अफेयर्स सेक्शनले परम्परागत क्षेत्रसँग सम्बन्धित गतिविधिहरू समेत आयोजना तथा प्रायोजन गर्ने गर्दछ । त्यस्ता गतिविधिमा प्रदर्शन तथा दृश्य कला, साहित्य र अन्य सांस्कृतिक पहलहरू पर्दछन् । ठूलो संख्यामा छोटो अवधिका शैक्षिक एवम् सांस्कृतिक आदानप्रदानका कार्यक्रम सञ्चालन गर्नुका साथै कल्चरल अफेयर्स सेक्शनले नेपालको लागि स्थापित एम्बेसेडर फण्ड फर कल्चरल प्रेजर्भेशन (AFCP) पनि हेर्दछ । सेक्शनको प्रमुखका रूपमा कल्चरल अफेयर्स अफिसर रहने गर्दछन् ।