अमेरिकी सरकारको सबैभन्दा पुरानो सांस्कृतिक प्रतिष्ठान लाइब्रेरी अफ कङ्ग्रेस नवनिर्मित अमेरिकी राष्ट्रको विधानसभालाई सेवा पुर्याउने उद्देश्यले सरकारी सन्दर्भ पुस्तकालयको रूपमा सन् १८०० मा स्थापना भएको हो । उन्नाइसौं शताब्दीमा यो एक राष्ट्रिय प्रतिष्ठानको रूपमा विकसित भयो भने दोस्रो विश्व युद्धपछि यो एक अद्वितीय पुस्तकालय बन्न पुगेको छ जहाँ विश्वभरिका छापा तथा डिजिटल प्रकाशनहरू भण्डार गरिन्छ ।
लाइब्रेरी अफ कङ्ग्रेसले देश बाहिर छ वटा स्थानमा आफ्नो कार्यालयहरू सञ्चालन गर्दछ । ती कार्यालयहरूले आ-आफ्नो क्षेत्रबाट सबै भाषामा प्रकाशित पुस्तकालय तथा रिसर्चसँग सम्बन्धित सामग्रीहरू सङ्कलन, सूचीकृत तथा संरक्षण गर्दछन् र वाशिङ्गटनमा पठाउँछन् । लाइब्रेरी अफ कङ्ग्रेसले अमेरिकी एकाडेमिक पुस्तकालयहरू र रिसर्चसम्बन्धी संघसंस्थाहरूका लागि समेत प्रकाशनहरू सङ्कलन गर्दछ । देश बाहिरका कार्यालयहरूमध्येको सबैभन्दा ठूलो कार्यालय नयाँ दिल्लीमा अवस्थित छ जसले भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलङ्काबाट प्रकाशनहरू सङ्कलन गर्दछ । नयाँ दिल्लीको कार्यालयले बङ्गलादेश, नेपाल र श्रीलङ्का गरी तीनवटा देशमा उपकार्यालयहरू सञ्चालन गर्दै आएको छ । उक्त उपकार्यालयहरू ती देशका राजधानीमा अवस्थित अमेरिकी दूतावासको परिसरभित्र रहेका छन् । नेपालमा अवस्थित कार्यालयले आफूले सङ्कलन गरेको प्रकाशनहरू नयाँ दिल्लीको कार्यालयमा पठाउँछ जहाँ थप प्रोसेसिङ्ग तथा सूचीकृत गर्ने कार्य हुन्छ र बाइन्डिङ्ग गरिसकेपछि (वा माइक्रोफिल्म लिइसकेपछि) वाशिङ्गटन डिसी पठाइन्छ जहाँ ती प्रकाशनहरू लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी सङ्ग्रहको हिस्सा बन्छन् ।
लाइब्रेरी अफ कङ्ग्रेसको नेपालका लागि राष्ट्रिय प्रतिनिधि देशमा प्रकाशित हुने प्राज्ञिक लेख एवम् अन्य प्रकाशनहरू ’bout सुसूचित रहन्छ र अनुसन्धानमूलक सामग्रीहरूको व्यापक सङ्ग्रह सङ्कलन गर्दछ । सरकारी गजेट, विधायकी बहस तथा कानून एवम् न्यायिक सुनुवाइ जस्ता महत्त्वपूर्ण कानूनी सामग्री लगायत आधिकारिक सरकारी प्रकाशनहरूको सङ्कलनलाई उच्च प्राथमिकता दिइन्छ । लाइब्रेरीले प्रमुख पत्रपत्रिका तथा साप्ताहिक पत्रिकाहरू, प्राज्ञिक एवम् साहित्यिक जर्नलहरू, जीवनशैलीसम्बन्धी तथा अन्य लोकप्रिय पत्रिकाहरूका साथै कला, समाज विज्ञान एवम् मानवशास्त्र विषयमा प्रकाशित रिसर्च मोनोग्राफहरू पनि सङ्कलन गर्दछ । परम्परागत पुस्तक तथा जर्नलहरूको अलावा मानचित्र एवम् गैरछापा (non-print) र विद्युतीय सञ्चारमाध्यमको माग पनि बढ्न थालेको छ । नेपालमा आधारित सामाजिक, राजनीतिक एवम् धार्मिक संघसंस्था तथा वकालतको क्षेत्रमा काम गर्ने विभिन्न समूहका गतिविधिहरूको अभिलेखले पनि लाइब्रेरीको सङ्ग्रहमा मूल्यवान स्थान ओगट्ने गरेको छ ।
लाइब्रेरी अफ कङ्ग्रेस’bout थप जानकारी प्राप्त गर्न निम्न वेबसाइटहरू हेर्नुहोस् : www.loc.gov र www.loc.gov/acq/ovop/delhi ।
Library of Congress Representative, Nepal Office
Embassy of the United States of America
Maharajgunj, Kathmandu, Nepal
Tel.: +977 1 423 4638