रेलो (RELO)

क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय (रिजनल इङ्लिस ल्याङ्ग्वेज अफिस, रेलो) ले नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स का अमेरिकी दूतावासहरूका सार्वजनिक मामिला शाखा (पब्लिक अफेयर्स सेक्शन) हरूसँग समन्वयमा काम गर्छ । यस कार्यालयले अमेरिकी ‘फुलब्राइट–हेस ऐन १९६१’ अनुसार काम गर्छ, जसको उद्देश्य अमेरिका र संसारका अन्य विभिन्न देशहरूका जनताको बीचमा संवाद र आपसी समझदारीको विकास गर्नु हो ।

यो उद्देश्य प्राप्तिका लागि अङ्ग्रेजी भाषा अधिकारीले दूतावासहरूलाई अङ्ग्रेजी भाषा प्रोग्रामिङका विविध पक्षमा परामर्श दिन्छन् । ती अधिकारीले विदेशी सरकार, विश्वविद्यालय, र शिक्षक–प्रशिक्षण अधिकारीहरूसँग परामर्श गर्छन्, स्थानीय विद्यालय र संस्थाहरूको भ्रमण गर्छन्, स्थानीय कन्फरेन्स र सेमिनारहरूमा भाग लिन्छन्, र शैक्षिक तथा सांस्कृतिक मामिला (एडुकेशनल एण्ड कल्चरल अफेयर्स, इसीए) का कार्यक्रमहरू प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न दूतावासहरूलाई सहयोग गर्छन् ।

इसीए कार्यक्रमहरूमध्ये केही निम्नानुसार छन् :

यसअतिरिक्त अङ्ग्रेजी भाषा कार्यालयले देहायका कार्यक्रमहरूमा परामर्श दिन्छ र सहकार्य गर्छ :

यस प्रयोजनका लागि रेलोले लक्षित स्थानीय कार्यक्रमहरूको विकास, अनुगमन, र आर्थिक स्रोत जुटाउने लगायतका कार्य गर्छ । त्यस्तै, स्थानीय शिक्षक संगठनहरूलाई सहयोग गर्नुका अतिरिक्त समग्रमा अङ्ग्रेजी भाषाको गुणस्तर उकास्न यो क्षेत्रमा कार्यरत शिक्षकहरू र अन्य शैक्षिक पेशाकर्मीहरूका लागि उपयोगी स्रोतको रुपमा रेलो क्रियाशील छ ।

रेलोसँग सम्पर्कका लागि :
क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय (रेलो)
ईमेल : ReloKathmandu@state.gov
टेलिफोन : +977 1 423 4000 x 4107
फ्याक्स : +977 1 400 7272
वेबसाइट: https://np.usembassy.gov/

अमेरिकी अङ्ग्रेजी शिक्षक विकास

क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय | काठमाडौं, नेपाल – अमेरिकी दूतावास

अमेरिकी दूतावास काठमाडौंस्थित क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय अमेरिकी अङ्ग्रेजी शिक्षक विकास सिरिज १ का लागि आवेदन आह्वान गर्दछ ।

अमेरिकी अङ्ग्रेजी टीम ‘अमेरिकन इङ्लिस फर एजुकेटर्स’ फेसबुक पेजमा ‘प्रत्यक्ष अमेरिकी अङ्ग्रेजी : शिक्षक विकास सिरिज १’ कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्षित छ । यसका सहभागीहरूलाई फेसबुक पेज http://www.facebook.com/AmericanEnglishforEducators फलो गर्नुहुन अनुरोध छ । त्यहाँ भएका छमध्ये चार सेसनहरूमा सहभागी हुनेलाई सर्टिफिकेट प्रदान गरिनेछ ।

यससम्बन्धी विस्तृत विवरणका लागि डाउनलोड गर्नुहोस् (अङ्ग्रेजीमा) : https://np.usembassy.gov/wp-content/uploads/sites/79/American-English-Live-Announcement-Teacher-Development-Series-1-1.pdf

अमेरिकन इङ्लिस

फर इङ्लिस ल्याङ्ग्वेज टिचर अराउन्ड द वर्ल्ड

अमेरिकन इङ्लिस एट स्टेट फेसबुक पेज

अमेरिकन इङ्लिस फर एडुकेटर्स फेसबुक पेज

अमेरिकन इङ्लिस इ–टिचर अनाउन्समेन्ट

अमेरिकी दूतावास काठमाडौंस्थित क्षेत्रीय अङ्ग्रेजी भाषा कार्यालय (रेलो) अमेरिकन इङ्लिस इ–टिचर कोर्सहरूका लागि आवेदन आह्वान गर्दछ । आवेदन बुझाउने अन्तिम मिति २०१७ अप्रिल ५ हो ।