इ–टीचर छात्रवृत्ति कार्यक्रम (इ–टीचर स्कलरसीप प्रोग्राम)

सन् २००४ देखि इ–टीचर स्कलरसीप प्रोग्रामले चुनिएका अमेरिकी विश्वविद्यालयहरूद्वारा सञ्चालित स्नातकस्तरका कार्यक्रमहरू दूरशिक्षाका माध्यमद्वारा उपलब्ध गराउँदै आएको छ । यसमा सहभागीहरूले दूरशिक्षाका नवीन प्रविधिहरू उपयोग गर्दै अमेरिकी विज्ञहरूसँग छलफल गर्न पाउँछन् । कार्यक्रमले शैक्षिक शुल्क र पाठ्यसामग्रीको खर्च व्यहोर्छ । पाठ्यसामग्री विश्वविद्यालयले सीधै सहभागीलाई पठाउँछन् । प्राय:जसो यी कार्यक्रमहरू १०–१२ हप्ता लामा हुन्छन् । सहभागीले हप्ताको १० घण्टाजति समय यसमा दिनुपर्नेछ । सफलतापूर्वक कोर्स पूरा गर्ने सहभागीले अमेरिकी दूतावास र सम्बन्धित विश्वविद्यालय दुवैबाट एक–एक प्रमाणपत्र पाउनेछन् ।

अहिले देहायबमोजिम कोर्सहरू उपलब्ध छन् :

१. इन्ट्रोडक्सन टु पेडागोजी एण्ड प्राक्टिसेज फर टिचिङ इङ्लिस टु स्पिकर्स अफ अदर ल्याङ्ग्वेजेज (TESOL Methods)

२. विल्डिङ टिचिङ स्किल्स थ्रु द इन्टरए्याक्टिभ वेब (Web Skills)

३. प्राक्टिकल एप्लिकेशन्स् इन ल्याङ्ग्वेज एण्ड लर्निङ स्किल्स (PALSS)

४. टिचिङ इङ्लिस टु योङ् लर्नर्स (TEYL)

५. टिचिङ इङ्लिस टु प्रि–टिन्स एण्ड टिन्स (TEPT)

६. इङ्लिस फर स्पेसिफिक पर्पजेज्, अलाइनिङ कन्टेक्स्ट विद प्राक्टिसेज एण्ड मटिरियल्स (ESP)

७. स्पेशल एजुकेशन एण्ड डिफ्रेन्सिएटेड इन्स्ट्रक्सन इन इएफएल कन्टेक्स्ट्स (SpEd EFL)

८.समेटिभ एण्ड फर्म्याटिभ असेसमेन्ट इन ल्याङ्ग्वेज लर्निङ एण्ड टिचिङ (असेसमेन्ट)

९. क्रिटिकल थिंकिङ इन ल्याङ्ग्वेज लर्निङ एण्ड टिचिङ (CT)

इ–टीचर प्रोग्रामका सहभागीहरूमा निम्नानुसारका योग्यता वाञ्छनीय छन् :

  • नेपालको नागरिक र हाल नेपालमै बसोबास गरिरहेका,
  • विगतमा इ–टीचर कोर्स नलिएका,
  • शैक्षिक क्षेत्रमा नेतृत्व दिनसक्ने क्षमता भएका, शिक्षक–प्रशिक्षण वा कोर्ससँग मिल्ने क्षेत्रमा काम गरिरहेका अथवा गर्ने योजनामा रहेका शिक्षकहरू,
  • कोर्सबाट प्राप्त ज्ञानलाई विस्तारित गर्न वा बाँड्न सक्ने क्षमता भएका,
  • आफ्नो पेशागत विकासमा प्रतिबद्ध रहेका र कार्यशाला वा प्रेजेन्टेसन आदिद्वारा आफ्ना समकक्षीसँग ज्ञान बाँड्न तत्पर रहेका उत्साही व्यक्तिहरू,
  • अमेरिकी विश्वविद्यालयको स्नातक तहको शैक्षिक कार्यक्रमको स्तरअनुसार काम गर्न इच्छुक र सक्षम भएका । यसका लागि टोफल स्कोर कम्तीमा ५५० पुग्नेजत्तिको पढ्ने र लेख्ने क्षमतायुक्त हुनुपर्छ,
  • कोर्सका लागि चाहिने शब्दहरूको ज्ञान (भोक्याबुलरी) भएका,
  • कम्प्युटर, इन्टरनेट, र वेब ब्राउजरहरूसँग सम्बन्धित अमेरिकी प्राविधिक शब्दहरूको ज्ञान भएका,
  • विन्डोज चलाउनसक्ने र वर्ड डकुमेन्ट बनाउनसक्ने,
  • लिखित असाइनमेन्टहरू समयमै बुझाउनका लागि अङ्ग्रेजीमा राम्रोसँग टाइप गर्नसक्ने,
  • ई–मेल र इन्टरनेटमा नियमित पहुँच भएका,
  • कम्तीमा दुई जना भरपर्दा पेशागत/शैक्षिक रिफरेन्स उपलब्ध गराउनसक्ने ।