अमेरिकी उच्चशिक्षासम्बन्धी जानकारी

सन् २०१७ को ओपन डोर्स रिपोर्ट अनुसार अमेरिकी उच्चशिक्षा संस्थामा अध्ययनरत विद्यार्थीमध्ये विश्‍वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको समूहमा पर्छन् । विश्‍वभरबाट अमेरिकी विश्‍वविद्यालयमा विद्यार्थी पठाउने पच्चीस प्रमुख देशमध्ये नेपालबाट जाने विद्यार्थीको सङ्ख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ । हाल ११,००० भन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्‍वविद्यालयमा अध्ययनरत छन् ।

अमेरिकी उच्चशिक्षा

एजुकेशन युएसए (EducationUSA) ले अमेरिकामा उपलब्ध उच्चशिक्षाका अवसरहरूको निष्पक्ष, अद्यावधिक, र विस्तृत जानकारी दिन्छ । थप जानकारी र अमेरिकामा अध्ययन सुरु गर्नुअघि चाल्नुपर्ने पाँच कदमको ’boutमा जानकारी लिन यहाँ क्लिक गर्नुहोला

युसेफ–नेपाल (United States Educational Foundation in Nepal) अमेरिकामा अध्ययन गर्न चाहनेका निम्ति जानकारी लिने पहिलो गन्तव्य हुनसक्छ । युसेफको अमेरिकी शिक्षा परामर्श केन्द्र (EducationUSA Advising Center) ले व्यक्तिगत तथा समूहगत परामर्शहरू दिन्छ । यहाँको लाइब्रेरीमा अनुसन्धान सामग्रीहरूको ठूलो सङ्कलन छ । यसले छात्रवृत्ति तथा भर्ना प्रक्रियासम्बन्धी प्रेजेन्टेशनहरू दिन्छ र टेस्ट तयारीमा सहयोग गर्छ । युसेफ–नेपालले दिने अधिकांश सेवाहरू नि:शुल्क छन् ।

आगामी शैक्षिक मेला र परामर्श सत्रहरूका लागि यहाँ क्लिक गर्नुहोला ।

शैक्षिक आदानप्रदान

फुलब्राइट कार्यक्रम ले विद्यार्थी, स्कलर, पेशाकर्मी, शिक्षक र प्रशासकहरूको लागि छात्रवृत्ति प्रदान गर्छ । फुलब्राइट कमिसन को वेबसाइटमा यो कार्यक्रमसम्बन्धी जानकारी राखिएको छ ।

ह्युवर्ट एच. हम्फ्रे फेलोसिप ले विकासशील देशका विभिन्न पेशाकर्मीहरूलाई अमेरिकामा एक वर्षसम्म अध्ययन र पेशागत अनुभव अभिवृद्धिका कार्यक्रममा सहभागी हुन सहयोग गर्छ ।

ग्लोवल अन्डरग्य्राजुएट एक्सचेन्ज कार्यक्रमले नेतृत्व लिनसक्ने सम्भावना भएका गैर–सम्भ्रान्त, पिछडिएका, वा अपाङ्ग विद्यार्थीहरूलाई अमेरिकामा एक सेमेस्टरका लागि शैक्षिक डिग्री प्रदान नगर्ने कार्यक्रमहरूमा सहभागी हुन छात्रवृत्ति उपलब्ध गराउँछ ।

इस्ट–वेस्ट सेन्टर अवार्ड्स ले छोटो अवधिका सेमिनार र कार्यशाला तथा विश्‍वविद्यालयको स्नातक कार्यक्रममा सहभागी हुनका लागि छात्रवृत्ति प्रदान गर्छ । नेपालीहरूले यो कार्यक्रममार्फत विद्यावारिधिपश्‍चात्‌का अनुसन्धान र पत्रकारितामा जेफर्सन फेलोसिप समेत पाएका छन् । इस्ट–वेस्ट सेन्टरले वार्षिक रूपमा सञ्चालन गर्ने प्रतियोगिताका सूचना प्राय: फेब्रुअरीमा प्रकाशित गरिन्छ ।